शुक्रबार एक कार्यक्रमका बीच नेपाली कथानक चलचित्र “टेम्के The Destination” को शुभमुहूर्त सम्पन्न भएको छ। धार्मिक विधिअनुसार चलचित्र विकास बोडका अध्यक्ष दिनेश डीसीले चलचित्रको औपचारिक शुभारम्भ गर्नु भएको हो । डिसीले चलचित्रको टिमलाई शुभकामना दिंदै नरिवल फोडी क्ल्याप ईन गरि चलचित्रको शुभमुहुर्त सट लिनुभएको थियो ।
चलचित्र “टेम्के: The Destination” ले नेपाली समाजको कथावस्तुलाई रोचक शैलीमा प्रस्तुत गर्ने अपेक्षा गरिएको निर्माण टिमले जनाएको छ । शुभमुहूर्तसँगै चलचित्रको निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । कार्यक्रममा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का ,गितकार ,शंकर अधिकारी " घायल" लगायत चलचित्र कर्मीहरुको उपस्थित रहेको थियोे ।
आर.डी.एस. नेपाल प्रस्तुत रहेको यस चलचित्रको निर्देशन देवप्रसाद धिमाल रहेको छ । धिमाल स्वयं निर्माता पनि रहेका छन् भने सह–निर्माताको रूपमा पंकज सरदार संलग्न छन् । चलचित्रमा भोला सुवेदी (प्रणप), राजनजंग थापा र जित शेरचन कार्यकारी निर्माता रहेका छन् ।
चलचित्रको सह–निर्देशकका रूपमा विजयराज भुर्तेल अनुबन्धित भएका छन् भने द्वन्द निर्देशन राजु किरात ले गर्ने भएका छन् । छायाङ्कनको जिम्मेवारी नरेश ऐयर ले सम्हाल्ने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा कलाकारहरु शिव श्रेष्ठ, अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, श्रीदेव भट्टराई, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाल, रविना दुलाल र विवेक खड्का लगायत रहेका छन् ।
निर्माण पक्षका अनुसार चलचित्रको मुख्य छायाङ्कन काठमाडौं तथा भोजपुरका विभिन्न स्थानमा गरिनेछ । छायाङ्कन कार्य चैत महिनाको दोस्रो साताबाट सुरु गर्ने तयारी गरिएको छ ।