फिल्म 'मितज्यू' को प्रदर्शन मिति अघि सारिएको छ । निर्माताले आइतबार पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् । यसअघि जेठ १५ गते रिलिज हुने भनिएको फिल्म अब जेठ ८ गतेदेखि प्रदर्शनमा आउने भएको हो ।
सार्वजनिक पोस्टरमा मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, शिशिर वाङ्देल लगायतलाई ग्रामीण परिवेशमा प्रस्तुत गरिएको छ ।
अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको 'मितज्यू' मा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, शिशिर वाङ्देल, पुस्कर गुरूङ, सुवर्ण थापा, राज थापा, अनु थापा, स्मिता लामिछाने, अरूण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु)लगायत कलाकारहरूको अभिनय छ ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको निर्माता जनक घर्ती मगर हुन्। 'मितज्यू' को स्वदेश वितरण आरआर फिल्मस्ले गर्दैछ।