राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’को छायांकन सकिएको छ । सुटिङ थालेको २१ दिनमा फिल्मको छायांकन समाप्त भएको हो । निर्देशक बस्नेतले धनकुटाबाट छायांकन थालिएको यो फिल्म सुनसरीको चतहरा, बराहक्षेत्र आसपासमा सुटिङ गरिएको बताए । उनले एक महिनाको सुटिङ सेड्य्ल राखेर काम गरिएको भएता पनि फिल्मका कलाकार र प्राविधिकहरुको अथाह मेहनतले समयभन्दा अगावै सकिएको जानकारी दिए ।
यस फिल्ममा जितु नेपाल,प्रियना आचार्य (मुन्नी),सुशील पोखरेल,बिरेन्द्र सिंह कुशहुवा,मान्शी शर्मा,मनिल तामाङ,रेणुका आचार्य,दिप्सन लिम्बु,रोदा राई,कमल देवकोटा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
यो फिल्ममा अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना आचार्य (मुन्नी’रहेकी छन् । उनीहरुको यो पहिलो फिल्मको सहकार्य हो । यसअघि प्रियनाले ‘झरिपछिको इन्द्रेणी’मा अभिनय गरेकी थिइन् ।
बालकुमार राई निर्माता रहेको यस फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन् । फिल्मको मुख्य सहायक निर्देशक रोजल थापाको छ भने डम्बर राईले खिचेका छन् । कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने यस फिल्ममा द्वन्द किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु,प्रोडक्सन सिबी भण्डारीको रहेको छ। फिल्मको प्रदर्शन मिति भने निर्माण टिमले घोषणा गरेको छैन ।