निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिका रहने फिल्म ‘कस्तुरी’को गाउँको केहि दृश्य र गीत बाहेक सम्पुर्ण छायांकन सकिएको छ । फिल्मको छायांकन थालेको ३५ दिनमा सकेको हो ।
फिल्मका निर्देशक ऋत बोहोराले केहि गाउँको सिन र गीत बाहेक फिल्मको सुटिङ सकिएको बताए । उनले भने,‘ हामीले फिल्मको छायांकन थालेको ३५ दिनमा करिव छायांकन सकेका छौं । फिल्मको गीत र गाउँको केहि दृश्य खिच्न बाँकी रहेको छ । अरु भने कम्प्लीट गरिसकेका छौं ।’
काठमाडौं जिल्ला आसपासमा खिचिएको यो फिल्म रहस्य,सस्पेन्स र अपराधका गहिरा तहहरूलाई फिल्मले उजागर गर्नेछ । यस फिल्ममा अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिका रहेको छ । यसै फिल्मबाट निखिल र वर्षाले पहिलो पटक स्क्रिन सेयर गरेका हुन् । फिल्ममा निखिल र वर्षाका साथमा शेखर चापागाईं,निर्मल शर्मा,नीशा अधिकारी,अर्जुन गुरुङ,भोलाराज सापकोटा,सबी थापा,प्रशान्त केसी,सन्तोष बानियाँ,सुवास बंञ्जन,मिरा पण्डित,घनश्याम जोशी,श्रेया श्रेष्ठ,प्रतिष्ठा थापा,नेहा गौतम र विशेष भुमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय रहने छ ।
टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको यो फिल्मको निर्देशक बोहोरा आफैले नै लेखेका हुन् । यस फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन् । उनी यहि फिल्मबाट निर्माताका रुपमा उदाएका छन् । यस फिल्मको को–प्रोड्युसरमा अञ्जली चौधरी रहेकी छन् । आलोक शुक्लाले खिचेको यो फिल्ममा प्रमुख सह–निर्देशक ललित बिष्टले गरेका छन् । फिल्मको गीतमा संगीत प्रशान्त शिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गरेका छन् । निर्माण टिमले फिल्मको अधिकांश छायांकन सकेता पनि प्रदर्शन मिति भने घोषणा गरेका छैनन् । निर्देशक बोहोराले यस फिल्मको प्रदर्शन मिति केहि दिनपछि घोषणा गर्ने बताए ।