नेपाली चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ । यसअघि ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ गीत सार्वजनिक गरिसकेको निर्माण टिमले तेस्रो गीतका रूपमा दर्शकमाझ यो आकर्षक डान्सिङ नम्बर ल्याएको हो ।
सार्वजनिक गीतमा चर्चित गायक रामकृष्ण ढकाल र गायिका मेलिना राई को स्वर सुन्न सकिन्छ । गीतका शब्द राजेन्द्र थापा ले लेखेका हुन् भने सङ्गीत राजन राज शिवाकोटीको रहेको छ । एरेन्ज श्यामश्वेत रसाइलीले गरेका छन् ।
गीतको भिडियो निकै मनोरञ्जनात्मक शैलीमा तयार पारिएको छ । कोरियोग्राफर रोशन विश्वकर्माको नृत्य निर्देशनमा बनेको भिडियोमा मुख्य कलाकारहरू विजय बराल, वर्षा राउत र मेक्सम गौडेल देखिएका छन् । साथै, विशेष अतिथि भूमिकामा सविन कार्की, एलिसा शर्मा र रोशित कर्माचार्य पनि प्रस्तुत छन् ।
भिडियोलाई अझ आकर्षक बनाउन सहायक कोरियोग्राफी सुनिता पोखरेलले सम्हालेकी छन् भने मेकअपमा विक्रम थापा र शंकर थापा, हेयर स्टाइलमा रश्मी दाहाल तथा कला निर्देशनमा मनिता सुन्दास को योगदान रहेको छ ।
यो चलचित्र प्रकु पाण्डेको निर्देशनमा तयार भएको हो । कथा पनि पाण्डेकै रहेको छ भने पटकथा तथा संवाद संयोग गुरागाईँ ले लेखेका हुन् । रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण गरिएको यस चलचित्रमा विजय, वर्षा र मेक्समसँगै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह-निर्माताका रूपमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन् ।
प्राविधिक पक्षमा पनि चलचित्र बलियो देखिन्छ। छायाङ्कन महेश पौडेल ले गरेका छन् भने सम्पादन रोमी मोजेज को रहेको छ। रंग संयोजन कृष्ण भण्डारी, ब्याकग्राउन्ड म्युजिक सुजिल कर्माचार्य र ध्वनि मिश्रण डिकेश खड्गी ले सम्हालेका छन् ।
आरआर फिल्म्सद्वारा वितरण गरिने ‘मालती मंगले’ले वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउँदै दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।