लघु चलचित्र ‘अवशेष’ युट्युबमा सार्वजनिक गरिएको छ । यस लघु चलचित्र ‘अवशेष’लाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् । पटकथा, कथा, सम्पादन र संवाद पनि निर्देशक मगरकै रहेको छ । छायांकन भने संकल भुजेलले गरेका हुन् ।
नेपाली सेनाको पृष्ठभूमिमा निर्माण गरिएको यस चलचित्रले देशप्रेम, त्याग, अनुशासन र सैनिक जीवनका भावनात्मक पक्षलाई समेटेको छ । लघु चलचित्रले राष्ट्र र जनताको सुरक्षाका लागि आफ्नो व्यक्तिगत जीवनभन्दा कर्तव्यलाई प्राथमिकता दिने सैनिकहरूको संघर्षलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ । कथामा सैनिक जीवनका पीडा, जिम्मेवारी, पारिवारिक दूरी र राष्ट्रप्रतिको समर्पणलाई मार्मिक शैलीमा देखाइएको छ ।
यस लघु चलचित्रमा आयुष तामाङ, सुदिप थापा मगर, अमृत काउचा, कमल राना लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
‘अवशेष’ले नेपाल सेनाद्वारा आयोजित राष्ट्रिय सर्ट फिल्म प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको थियो । त्यसैगरी ‘अवशेष’ चलचित्रले नेपाल इन्टरनेसनल स्क्रिन फिल्म फेस्टिभल २०२५ मा ‘बेस्ट स्टोरी’ अवार्ड प्राप्त र ‘बेस्ट सिनेमाटोग्राफर’ अवार्ड जितेको थियो । त्यसैगरी ‘स्पाइनी ब्याबलर इन्टरनेसनल फिल्म फेस्टिभल २०२५’ मा ‘बेस्ट ड्रामा’ र ‘बेस्ट सिनेमाटोग्राफर’ अवार्डसमेत जितेको छ ।
‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२६’ मा ‘अवशेष’ खुला लघु चलचित्रतर्फ छनोट भएको थियो । ‘अवशेष’ मार्फत पनि समाजका गहिरा यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरेका छन् । यस लघु चलचित्र ‘अवशेष’ पर्फमिङ आर्ट क्रियशन युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।