नेपाली फिल्म ‘झिंगे दाउ २’ले तीन नयाँ पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा प्रचार अभियान सुरु गरेको छ । निर्माण टिमले पोस्टर सार्वजनिकसँगै अब प्रचारलाई थप आक्रामक बनाइने र क्रमशः गीत तथा ट्रेलर सार्वजनिक गरिने जनाएको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्ममा सुलभ प्रतिक, प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ । विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको फिल्मका पोस्टरले कथाका फरक–फरक आयाम प्रस्तुत गरेका छन् ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान र विनोदकुमार पौडेललगायत कलाकारको अभिनय रहेको छ। साथै, मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले विशेष उपस्थितिमा अभिनय गरेका छन् ।
परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेको पटकथा तथा संवाद रहेको फिल्ममा विवेक बस्नेत र ईश्वर सिन्केमनाको छायांकन छ । चन्द्रबहादुर भण्डारी र गिरिराज घिमिरे मुख्य सहायक निर्देशकका रूपमा आबद्ध छन् ।
कपनगढी सिनेमा प्रा.लि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको ‘झिंगे दाउ २’ सन् २०२३ मा प्रदर्शन भएको सफल फिल्म ‘झिंगे दाउ’ को सिक्वेल हो । पहिलो भागले बक्स अफिसमा राम्रो व्यापार गरेकाले यसको दोस्रो श्रृंखलाप्रति पनि निर्माण पक्ष आशावादी देखिएको छ । यस फिल्म असोज २ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ ।