नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘मायाको मफलर’को भिडियो सार्वजनिक गरिएको छ । सोलमन प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको यस भिडियोले दयालु व्यवहारले पनि कसैको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने सशक्त सन्देश प्रवाह गरेको छ ।
अमृत शर्माको शब्द, पुस्तक प्रसादको संगीत तथा दिनेश गौतमको स्वर रहेको गीतले मानिसलाई बाहिरी रूप, आर्थिक अवस्था वा परिस्थितिका आधारमा होइन, मानवताको दृष्टिकोणबाट हेर्न प्रेरित गर्ने प्रयास गरेको छ ।
अशोक भुजेलको निर्देशनमा बनेको भिडियो मनिता सुन्दास र विनायक पन्तको कथामा आधारित छ । भिडियोमा नवीन गुरुङको छायांकन, बूमा खत्रीको सम्पादन तथा कलर ग्रेडिङ रहेको छ । आर्चर पन्त कार्यकारी निर्माता रहेका छन् भने रोशनी कार्की विशेष भूमिकामा देखिएकी छन् । गीतमा एस.के. बच्चाको संगीत संयोजन रहेको छ भने फिल स्टुडियोमा कुमार के.सी.ले रेकर्डिङ तथा मिक्सिङ गरेका छन् ।
भिडियोमा अशोक भुजेल, मनिता सुन्दास, आयुष आचार्य, विनायक पन्त, श्रीजना भुजेल, राज भुजेल, अभिषेक शाह, प्रतीक्षा भुसाल, विक्की शाह र बैजु बावराको अभिनय रहेको छ । ‘मायाको मफलर’को पोस्ट–प्रोडक्सन द डान्फेसले सम्पन्न गरेको हो ।