नयाँ नेपाली फिल्म ‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने सहिमा श्रेष्ठ र रवि ओडको स्वर सुन्न सकिन्छ ।
आहा फिल्म्सको ब्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको फिल्मको निर्देशन राजबहादुर सानेले गरेका हुन् । फिल्मका प्रस्तुतकर्ता सौरभ ओली हुन् भने कमल प्रसाद शर्मा र सन्दीप कुमार रोका निर्माता रहेका छन् । दिनेश राज बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्ममा दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, देव महर्जनको द्वन्द निर्देशन तथा हरि प्रसाद सिवाकोटी लाइन प्रोड्युसर रहेका छन् ।
फिल्ममा मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, केशव रिजालसँगै धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेललगायत कलाकारको अभिनय रहेको छ।क्यानडामा बसोबास गर्दै आएका लाइन प्रोड्युसर सिवाकोटीले नेपालमा रिलिज भएकै मितिमा फिल्मलाई क्यानडामा पनि प्रदर्शन गर्ने तयारी गरेका छन्।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल आकर्षक नृत्य प्रस्तुतिमा देखिएका छन् । डान्सिङ नम्बरका रूपमा तयार पारिएको गीतको अडियोसँगै भिडियोले पनि दर्शकको मन जित्ने निर्माण टिमको विश्वास छ ।
फिल्मको देशव्यापी वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ । यस फिल्म आगामी साउन २९ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको हो ।