रंगकर्मी अनुप बरालद्वारा निर्देशित नयाँ नेपाली चलचित्र ‘दोख’ को सार्वजनिक प्रदर्शन आज शुक्रवारदेखि प्रारम्भ हुँदैछ । सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको यो चलचित्र १६ वर्षभन्दा कम उमेरका दर्शकले हेर्न मिल्दैन ।
राजन कठेतको कथा रहेको चलचित्रमा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ ।
सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् ।