नया बर्ष २०८१ को अवसर परेर चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ ।
सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरु रोशन श्रेष्ठ,आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’ र विजय बराललाई देख्न सकिन्छ ।
अमेरीकामा रहेका साहित्यकार नर प्रधानको निर्देशन तथा कथा रहेको “यो मन त मेरो नेपाली हो” लाई ज्ञान बहादुर प्रधानले निर्माण गरेका हुन् ।
पहिलो चरणमा नेपालको झापा,इलाम साथै भारतको सिकिम, दार्जीलिङ,जयगाउ पश्चिम् बङ्गाल लगायतको ठाउमा छायांकन गरिएको चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन मन्त्री,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गरेको ।
शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रमा दिपक शर्माको संगीत,सौरभ लामाको छायांकन,देव महर्जन द्वन्द्व,समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहने छ । फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का,कला निर्देशन रोशन रम्तेल दिवाना र निर्माण नियन्त्रक सुमन काफ्लेको रहेको छ ।