बिभिन्न महोत्सवमा सर्वोत्कृष्ट फिल्म,निर्देशक,स्क्रिप्ट अनि अभिनेत्रीको अवार्ड जितिसकेको फिल्म ‘सतीदेवी’ को टिजर सार्वजनीक भएको छ । साढे २ मिनेट लामो टिजरमा छोरीहरु मात्रै जन्मिदा समाजले हेर्ने दृष्टिकोण,अभिभावकले गर्ने भेदभाव तथा छोरीहरुले आफ्नो परिवारका लागि उठाउने जोखिमको बिषयलाई इंगीत गरिएको छ ।
निर्देशक लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको फिल्मको शीर्ष भूमिकामा मलिका महत छिन् । उनको साथमा फिल्ममा दुई बालक लाकार हर्षिका वली र मञ्जिला बानीयाँ, कुलबहादुर अधिकारी, सृजना अधिकारी, रमेश बुढाथोकी, भोलाराज सापकोटा, सन्दिपबाबु लोहनी, सुजिता शिबाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटा लगायत थुप्रै कलाकारको अभिनय छ ।
दिलासा कृएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयासँग सहकार्य गरेको फिल्मको निर्मातामा श्रीदेवी, बिशाल, दिलासा र सारा सुवेदी छन् । साउन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको बितरण एफडी र रिच इन्टरटेन्मेन्ट गर्दैछ । फिल्म साउन ४ मा एकल प्रदर्शनमा आउने छ ।