पति वियोगमा परेकी एकल नारीको कथामा टेलिसिरियल ‘हिरा’ निर्माण भएको छ । निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्ट प्रालिले सिरियलको ट्रेलर सार्वजनिक गर्दै भदौ १९ गतेबाट प्रसारणमा आउने जानकारी दिएको छ । एकल नारीले सामाजिक रूपमा भोग्नुपर्ने परिस्थिति, समाजमा व्याप्त जातीय भेदभाव, सामाजिक बहिष्कारमा आधारित रहेर पारिवारिक कथामा टेलिसिरियल बनेको ट्रेलरले सङ्केत गर्छ । निर्माण कम्पनीले सिरियललाई ‘कथा घरघरको’ स्लोगन दिएको छ ।
सिरियलका निर्देशक विशाल बराल हुन् । सिरियल छत्रेश्वरी म्यानेजमेन्टको आधिकारिक च्यानल ‘सिएम डिजिटल’बाट प्रसारणमा आउने निर्देशक बरालले बताए । विराज विष्टको कथामा तयार टेलिसिरियललाई पवी दाहालले निर्माण गरेकी हुन् ।
विशाल पहारी, प्रिया रिजाल, सुवर्ण दुलाल, विधा कार्की, प्रीति शिवाकोटी, रवि खड्का, कुलबहादुर वली, केशु पुनः मगर, सिर्जना सिटौला, दिनेश कठायत, गङ्गाराम श्रेष्ठ, पवि दाहाल, लक्ष्मी गोसाइँ, रोहन परियार, वेगबहादुर श्रेष्ठ, बल नेपाली र अनिल जिसीको अभिनय सिरियलमा छ ।
मिलन विश्वकर्माको सम्पादन, किरण तुलाधरको व्याक ग्राउण्ड रहेको सिरियल छायाङ्कन काभ्रेको बनेपा ३ नाला चुना ताल आसपास गरिएको छ । स्व.मोती विष्टको प्रस्तुतिमा तयार ‘हिरा’ लाई राजबहादुर सानेले लेखेका हुन् । छायाङ्कनमा रक कौसल रहँदा शीर्ष गीतमा जय देवकोटाको सङ्गीतमा स्वर गायिका समीक्षा अधिकारीले दिएकी छिन् ।