दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सञ्चालित ‘मिस व्युटिफुल नेपाल’ को १०औं संस्करण र ‘मिसेस व्युटिफुल नेपाल’ को ९औं संस्करणको ग्राण्ड फिनाले काठमाडौंस्थित नेपाल पुलिस क्लबमा एक विशेष समारोहबीच सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली चलचित्र, संगीत र फेसन क्षेत्रका थुप्रै विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ अभिनेता तथा निर्देशक रमेश बुढाथोकी प्रमुख रहनुभएको थियो । अन्य निर्णायकहरूमा अभिनेत्री सनी रौनियार, अभिनेता रमेश उप्रेती, नेपाल आइडल विजेता बुद्ध लामा, कोरियोग्राफर केशव थापा, अभिनेत्री शिल्पा पोखरेल, शिक्षाविद् मन कुमारी पोखरेललगायत रहनुभएको थियो ।
मिसेस व्युटिफुल नेपाल २०२५ को उपाधि प्रिया कार्कीले हात पार्नुभयो भने मिस व्युटिफुल नेपाल २०२५ को विजेता भने प्रसुना सेञ्चुरी घोषित हुनुभयो । मिसेसतर्फ प्रथम उपविजेता : पारु खड्का, द्वितीय उपविजेता : मोनिका शर्मा, मस्ट पपुलर : पारु खड्का, भ्युअर्स च्वाइस : प्रिया कार्की, उत्कृष्ट र्याम्प वाक : मोनिका शर्मा, उत्कृष्ट अनुशासित : मनिषा गुरागाईं, वेष्ट स्माईल : पारु खड्का, वेष्ट फोटोजेनिकः प्रिया कार्की, उत्कृष्ट पंक्चुअल : अनिता राज भण्डारी (अनु), उत्कृष्ट नृत्यः पारु खड्का, उत्कृष्ट व्यक्तित्वः प्रिया कार्की, उत्कृष्ट प्रतिभा : अनिता राज भण्डारी (अनु) हुनुभयो ।
यस्तै, मिसतर्फका उपविजेतामा प्रथम उपविजेताः श्रेया वाग्ले, द्वितीय उपविजेता : विपना भट्टराई, तृतीय उपविजेताः सोनिया रञ्जित, मस्ट पपुलरः एलिना कार्की, भ्युअर्स च्वाइस : सोनिया रञ्जित, उत्कृष्ट प्रतिभा : अनुग्रह घिमिरे, उत्कृष्ट अनुशासित : सपना कुमारी शहनी, उत्कृष्ट र्याम्प वाक : अनुग्रह घिमिरे, उत्कृष्ट शारीरिक वनावट : श्रेया वाग्ले, उत्कृष्ट फोटोजेनिक : एलिना कार्की,
फेसन आइकन : विपना भट्टराई, मष्ट एक्टिभ : प्रसुना सेञ्चुरी, उत्कृष्ट नृत्य : विपना भट्टराई, मस्ट फ्रेण्डली : सोनिया रञ्जित, उत्कृष्ट पंक्चुअल : श्रेया वाग्ले र उत्कृष्ट मुस्कान : प्रमिला न्यौपानेले उपाधि चुम्नुभयो । विजेता तथा विधागत उपाधि प्राप्त प्रतियोगीहरूले उपाधिसँगै ताज, ट्रफी, गिफ्ट हृयाम्पर, अन्तर्राष्ट्रिय भ्रमण (जस्तै दुबई भिसा), मिडिया प्रोफाइलिङ र फोटोसुटका अवसर प्राप्त गरेका छन् ।
प्रतियोगिता केवल सौन्दर्यमा सीमित नरही सहभागी महिलाहरूको आत्मविश्वास, नेतृत्व क्षमता, सार्वजनिक प्रस्तुति र व्यक्तित्व विकासमा केन्द्रित रहँदै आएको आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले जानकारी दिनुभयो । प्रतियोगिता अघि गुरुकुल शैलीमा सञ्चालित प्रशिक्षणमार्फत सञ्चार कला, फेसन डिजाइन, स्टेज प्रस्तुतिलगायत विषयमा अनुभवी प्रशिक्षकद्वारा तालिम प्रदान गरिएको थियो ।
कार्यक्रमको कोरियोग्राफी तथा सञ्चालन आश्विनी झाले गर्नुभएको थियो भने इभेन्ट डाइरेक्टरको भूमिकामा गीता उप्रेती रहनुभएको थियो । कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेता राजाराम पौडेल, निर्माता उत्तम केसीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।