कौशल्टार, तेर्साटारमा लुनाज कलेक्सन तथा नेल स्टेसनको उद्घाटन गरिएको छ । बडादशैं तथा विश्वकर्मा पूजाको अवसर पारेर सम्पन्न उद्घाटन समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा फेशन आइकन, कोरियोग्राफर तथा कलाकार हटिनटी अनु श्रेष्ठ, मध्यपुर थिमी नगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख अभयन्द्र रञ्जितकार, वडा नं. ३ का अध्यक्ष कृष्णहरी श्रेष्ठ, सामाजिक अभियन्ता सहिम शाह, गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ, सिनियर कस्मेटोलोजिस्ट तथा जीएम ब्युटी सैलुनकी सञ्चालिका मन्दिरा खड्का लगायतका व्यक्तित्वहरूले संयुक्त रूपमा लुनाज कलेक्सन उद्घाटन गरेका थिए । लुनाज कलेक्सनमा नयाँ तथा थ्रिफ्ट लुगासँगै ज्वेलरी, एसेसोरिज र जुत्तासहितका फरक–फरक कलेक्सन उपलब्ध हुने छ । साथै, यी सामग्रीहरू भाडामा समेत लिन सकिने सुविधा रहेको जानकारी प्रबन्धक निर्देशक स्नेहा श्रेष्ठले दिइन ।
श्रेष्ठले ‘फेशन युगमा महिला वा पुरुष जसले पनि आफूलाई मनपर्ने स्टाइल सहज, सुलभ र सुपथ मूल्यमा छान्न पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । यही उद्देश्यअनुसार लुनाजले सम्पूर्ण फेसन कलेक्सन एकै छानामुनि उपलब्ध गराएको छ’ भनिन् ।
यससँगै सञ्चालनमा आएको नेल स्टेसनमार्फत नेलसम्बन्धी सम्पूर्ण सेवा लिन सकिनेछ । साथै, इच्छुकका लागि बेसिकदेखि एड्भान्स स्तरसम्मका नेल कोर्ष सिक्ने अवसर पनि उपलब्ध गराइएको श्रेष्ठले बताइन । लुनाज कलेक्सनको शुभारम्भसँगै मध्यपुर थिमी क्षेत्रमा फेशन र ब्युटी सेवामा नयाँ आयाम थपिएको बताइएको छ ।