नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ लन्च भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल,चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ओटीटी शुभारम्भ गरेका हुन् ।
यो शुभारम्भ भएसँगै हलमा फिल्म तथा सिरिज हेर्न नपाएका दर्शकका लागि ओटिटिमार्फत हेर्न पाउने सुविधाको सुरुवात भएको छ। यसको सुरुवातसँगै यसले विश्व बजारमा आफ्नो पहुँच पुर्याउने विश्वा व्यक्त गरिएको छ ।
यस ओटिटिमार्फत दर्शकले आशिष ढकालको सिरिज ‘सम्बन्ध तिम्रो मेरो’,‘क्राइम इन स्टोरी’त्यसै गरि अभिनेता सलोन बस्नेतको फिल्म ‘रुम नम्बर ८’प्रदर्शनमा आउन लागेको जानकारी दिइएको छ । निर्माण पक्षले सलोन बस्नेतले निर्माण गर्न लागेको यस फिल्मलाई ओटिटि प्लेटफर्ममार्फत पहिलो फिल्मका रुपमा रिलिज गर्न लागेको हो। त्यसैगरी यसैका सीइयो गुरागाइले नै निर्माण गर्न लागेको ‘रियल रिदम’ओटिटिमा राखिने छ।
आयोजित समारोहमा संचारमन्त्री खरेलले ओटिटिको शुभारम्भले बदलिँदो प्राविधिक आयाम र दर्शकको रुचिलाई युएनए डिजिटल ओटीटीले पूरा गर्न सक्नुपर्ने बताए। उनले समयसँगै परिवर्तन हुँदै जानु राम्रो हुने तर्क गरे ।
यस कम्पनीका सीइओ, फिल्म वितरक तथा निर्माता उज्वल गुरागाइँ हुन् । उनंका अनुसार दर्शकले फेब्रुअरी १ तारिख (१८ माघ) देखि यो ओटीटीमा फिल्म, शो र ओरजिनल सिरिज हेर्न पाउनेछन् । आगामी १ फेब्रुअरीदेखि प्रयोगकर्ताले एप्पलको आईओएस र गुगल प्ले स्टोरमा उपलब्ध एपसहित ब्राउजर र टिभी संस्करण प्रयोग गर्न पाउने सीइओ गुरागाइँले बताए । उनले भने,‘यो ओटिटि सुरुवात गरेका छौँ। यसले नेपाली फिल्म तथा निर्माताहरुलाई जोगाउछु। यसले डुबाउदैन। त्यसका लागि नै नयाँ युगको सुरुवात गरिएको हो।’
यसै कम्पनीले निर्माण गरेको अर्को सिरिज ‘चोइज’,‘सिनेपट न्युज’ आयुसा महर्जनको होस्टमा ‘चेलीबेटी’साथै ‘काठमाडौं नाइट’पनि यसबाट प्रसारण हुनेछ । यसका लागि नेपाल र विदेशका लागि अलग–अलग ‘ओटीटी विन्डो’ सहित कन्टेन्ट क्रमशः ल्याउने तयारी निर्माण पक्षको छ। सीइयो गुरागाइका अनुसार सुरुवात १४ फेब्रुअरीदेखि हुने छ भने सब्सक्राइब शुल्कबारेको जानकारी चाँडै दिइने भएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले ओटिटि खुलेकोमा बधाई दिदै राम्रो कामको सुरुवात भएको बताए ।
‘हामी क्रियटिभ मानिसहरु एउटा चरा जस्तै हौँ,’उनले चराको उदाहरण दिदै भने,‘आकाशमा एउटा चरासँग अर्को चरासँग ठोकिदा पनि आ–आफ्नै उडानहरु हुन्छन् । युएनको उडान यहाँबाट सुरु भएको छ र यो उडानलाई शुभकामना छ ।’
कार्यक्रममा शुभकामना दिन पुगेको अभिनेता तथा निर्माता दीपकराज गिरीले फिल्मकर्मीका लागि यस्ता ओटिटि अति आवश्यक भएको र ओटिटिको सुरुवात गरेकोमा बधाई ज्ञापन गरे । उनले भने,‘यस्तो प्लेटफर्महरु भनेका हामी चलचित्रकर्मीहरुका लागि एकदम आवश्वकता छ । विदेशमा एउटा प्रोड्युसरले सिनेमा हलबाट जति पैसा कमाउनछ । त्यो भन्दा बढि यस्ता ओटिटि प्लेटफर्मबाट आय आर्जन हुन्छ । त्यस कारण हाम्रो उद्योग अगाडि बढ्दै गरेको अवस्थामा यस्ता प्लेटफर्महरु आइदिनाले निर्माता तथा निर्देशकलाई लगानी गर्ने वातावरण अझै बढ्दै जान्छ ।’ उनले ओटिटिका सम्पुर्ण टिमलाई बधाई दिए ।
‘यसलाई विश्वव्यापी बनाउनका लागि महत्वपुर्ण भुमिका निवार्ह गर्छ भन्ने मलाई लागेको छ,‘उनले भने,‘हाम्रा अडियन्स,जनताहरुले संसारभर खोजेको कुरा कन्टेन छ । तपाईले फिल्म बनाउनुहोस्,समाचार बनाउनुहोस्,टेलिभिजन प्रोग्राम बनाउनहोस्,इन्टरभ्यु गर्नुहोस्,समाचार बनाउनुहोस्,जे जे बनाउनुहोस् त्यसमा महत्वपुर्ण भनेको कन्टेन नै हो ।’
यो ओटिटिले सुरुवातमा कन्टेन्टमाथि ६ करोड रुपैयाँ लगानीसहित संचालनमा आउन लागेको हो । साथै यस ओटिटिमा नेपाली भाषाबाहेकका अर्थात भारतीय, बंगलादेशी र जापानी सामग्रीलाई पनि क्रमशः रिलिज गर्ने यस ओटीटीका सीइयो गुरागाइको भनाई छ ।