अभिनेता प्रदीप खड्कालाई कोका–कोला नेपालको नयाँ ब्राण्ड एम्बासडर घोषणा गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहमा आफू कोका–कोलाको ब्राण्ड एम्बासडर बन्न पाउँदा अभिनेता खड्काले कोका–कोला परिवारमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन् ।
कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित ‘फिफा वर्ल्ड कप–२०२६’ अभियान औपचारिक रूपमा प्रारम्भ गर्ने कार्यक्रममा अभिनेता खड्कालाई ब्राण्ड एम्बासडरको रुपमा प्रस्तुत गरेको हो । यो अभियानको थालनी गर्न काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुद तथा मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरू सहभागी भएका थिए ।
समारोहमा अभियानका मुख्य अनुहारका रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अञ्जन विष्ट तथा अञ्जन राना मगर तथा अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत गरिएका थिए । उनीहरूले स्टेजमा आफ्नो अनुभव र फुटबलले ल्याउने खुशीबारे धारणा राखेका थिए ।
कार्यक्रममा फिफा वर्ल्ड कप २०२६ का स्टारहरू, अभियानसँग सम्बन्धित अडियो–भिजुअल सामग्री प्रस्तुत गरियो । छिट्टै बजारमा आउने सीमित संस्करणका आधिकारिक कोका–कोला फिफा प्याकहरूको पहिलो झलक पनि देखाइएको थियो ।
कोका–कोलाको फिफासँगको सहकार्य विश्व खेलकुदकै सबैभन्दा लामो साझेदारीमध्ये एक हो । यो सम्बन्ध सन् १९७४ मा सुरु भएको हो भने सन् १९७८ देखि कोका–कोला फिफा विश्वकपको आधिकारिक प्रायोजक रहँदै आएको छ । नेपालमा पनि यो ब्रान्ड पाँच दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको छ ।
कार्यक्रमको अन्त्यमा फिफा वर्ल्ड कप २०२६ थिममा आधारित नयाँ प्याकेजिङ सार्वजनिक गरियो । साथै, कोका–कोलाको आधिकारिक गीत, फिफा वर्ल्ड कप टिभीसी र अन्य प्रचार सामग्री पनि प्रदर्शन गरियो ।