नवप्रतिभाहरूको व्यक्तित्व, प्रतिभा तथा सिर्जनात्मक क्षमता उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६ सिजन १३’ को उपाधि किशोरीतर्फ तोशारा धनाहा मगर र किशोरतर्फ रोनिश मानन्धरले जितेका छन् । विजेता दुवैले जनही दुई लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताको किशोरीतर्फ क्रिजल लिम्बु प्रथम रनर्सअप, आभा राजोपाध्याय दोस्रो रनर्सअप, हृदिमा तिमल्सिना तेस्रो रनर्सअप, स्मारिका तामाङ चौथो रनर्सअप तथा सुहासी खड्गी पाँचौँ रनर्सअप घोषित भए। किशोरतर्फ ओजल ढाख्वा प्रथम रनर्सअप र सुप्रित लामिछाने दोस्रो रनर्सअप बने ।
विधागत पुरस्कारअन्तर्गत किशोरीतर्फ स्मारिका तामाङ मोस्ट पपुलर, थेरेशा शाही पब्लिक च्वाइस र सरगम साउद मोस्ट एक्टिभ घोषित भए । यस्तै, यशस्वी शाक्यले ब्यूटी विथ ब्रेन, आभा राजोपाध्यायले मिस ट्यालेन्ट, सुहासी खड्गीले मोस्ट फोटोजेनिक, कृति शाक्यले बेस्ट स्टोरीटेलिङ तथा बेस्ट कन्टेन्ट क्रिएटर र तोशारा धनाहा मगरले फेसन आइकनको उपाधि जितिन् ।
किशोरतर्फ स्वरुप बिष्ट मोस्ट पपुलर विनर, रोनिश मानन्धर पब्लिक च्वाइस विनर तथा मोस्ट इन्टेलिजेन्ट घोषित भए । सुसन मोक्तान तामाङले मिस्टर र्याम्पवाक जित्दा स्वरुप बिष्टले मोस्ट फोटोजेनिक र मिस्टर ह्यान्डसमको उपाधि हात पारे ।
प्रतियोगिताको मूल्यांकन शिक्षाविद् डा। लाक्पा शेर्पा, फेसन डिजाइनर सोनाम सुब्बा लिम्बु र इभेन्ट म्यानेजर कामना पौडेलले गरेका थिए । कार्यक्रमको कोरियोग्राफी सुमी बानियाँले गरेकी थिइन् भने सञ्चालन प्रणिमा दाहालले गरेकी थिइ न् ।
आयोजक एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लब बहादुर कार्कीका अनुसार विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा पहिचान गरी व्यक्तित्व विकास र सौन्दर्य क्षेत्रप्रति आकर्षित गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष आयोजना हुँदै आएको छ। कार्यक्रम सफल बनाउन संयोजक शम्भुप्रसाद रेग्मी, इभेन्ट म्यानेजर लोमश बहादुर कार्की, लबिश कुमार कार्की तथा सहायक इभेन्ट म्यानेजर रोशनी कार्कीको विशेष भूमिका रहेको आयोजकले जनाएको छ ।