‘द हिडन ट्रेजर’ले मिस नेपाल २०२६ का अन्तिम २४ प्रतिस्पर्धीलाई सार्वजनिक गर्दै प्रतियोगी नम्बर (स्यास) वितरण गरेको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा विभिन्न पेशा र क्षेत्रबाट आएका प्रतिस्पर्धीहरूलाई आधिकारिक रूपमा परिचय गराइएको हो ।
यस वर्षको प्रतिस्पर्धामा डाक्टर, अधिवक्ता, इन्जिनियरदेखि अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गरिसकेका तथा विभिन्न सौन्दर्य प्रतियोगिताका विजेतासमेत सहभागी छन् । दीपमाला ढकाल, कशिश सुब्बा, प्रनिशा खनाल, प्रेमा लामगाडेलगायत प्रतिस्पर्धीहरूले यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाइसकेका छन् ।
युक्ता पौडेल, ईशा सुवेदी, अन्शु कुँवर, संगीता पौडेल, श्रद्धा अधिकारी, मानश्वी शर्मा, प्रतिष्ठा आचार्य, आर्या निशान्त, आयुष्मा केसी खत्री, प्रतिमा खड्का, महिमा पन्त, सिजा श्रेष्ठ, विभूषा बस्नेत, स्वीकृति ज्ञवाली, चाँदनी श्रेष्ठ, श्रीयषी श्रेष्ठ, अर्भिसा थापा र रचना भट्टराईसहित २४ जना प्रतिस्पर्धीले यसपटक मिस नेपालको ताजका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको ग्रान्ड फिनाले आगामी साउन २३ गते काठमाडौंस्थित द प्लाजामा आयोजना हुने तय भएको छ ।