आइतबारदेखि नयाँ वर्ष २०२३ प्रारम्भ भैसकेको छ । सन् २०२२ बलिउडका लागि खास बन्न सकेन । बक्स अफिसमा बलिउड फिल्मले फ्लपको मात्रै ट्याग पाए । यद्यपि, ओटीटीमार्फत रिलिज भएका सामाग्रीले स्टारहरुको इज्जत केही हदसम्म बचाउन सफल भए ।
अब यो वर्षसमेत केही त्यस्ता वेव सीरीजहरु प्रसारणको क्रममा छन्, जसलाई दर्शकले व्यग्र प्रतीक्षा गरिरहेकी छन् । आज हामी ती बाह्र वेव सीरीजको चर्चा गर्दैछौँ, जसलाई लिएर दर्शक उत्साहित छन् ।
निर्देशक हंसल मेहेताको वेव सीरीज ‘स्क्याम १९९२ः द हंसल मेहेता स्टोरी’ (२०२०) को सफलतापछि यसको दोस्रो भागलाई लिएर दर्शक उत्साहित छन् । ‘स्क्याम २००३ द तेलगी स्टोरी’ नामबाट बनेको दोस्रो सीजन २०२३ मा सोनी लिभमार्फत आउने सम्भावना छ । यो सीरीजमा अनिरुद्ध राय, सत्यम श्रीवास्तव र गगनदेव रियारको मुख्य भूमिका छ ।
‘मिर्जापुर’ को पहिलो सीजन सन् २०१८ मा तथा दोश्रो सीजन २०२० मा रिलिज भएका थिए । यो वर्ष तेस्रो सीजन आउने अपेक्षा गरिएको छ । यो सीजनमा पंकज त्रिपाठी, विजय बर्मा, अलि फजलज विवान सिंह, रसिका दुग्गल लगायतको मुख्य भूमिका रहेको छ ।
अरशद वारसी स्टारर ‘असुर’ को पहिलो सीजन २०२० मा एमाजन प्राइममा स्टि«म गरिएको थियो । दोश्रो सीजनको ट्रेलर २०२२ मा सार्वजनिक भैसकेको छ । त्यसैले यो सीरीज २०२३ मा आउने अपेक्षा गरिएको छ । दोस्रो सीजनमा वारसीसंगै वरुण सोबती, अनुप्रिया, नीधि डोगरा, पवण चोपडा लगायतको मुख्य भूमिका छ ।
२०२०मा जी५ मा स्ट्रिम भएको वेवसीरीज ‘नक्सलवाडी’ को दोश्रो सीजन दर्शकले पर्खिरहेका छन् । यो वर्ष दोस्रो सीजन प्रसारण हुने अपेक्षा दर्शकले गरेका छन् । यो सीरीजमा राजीव खन्डेलवाल, टीना दत्ता, सन्दीप मिश्रा र सन्जीता डेको मुख्य भूमिका छ ।
वेव सीरीज ‘मेड इन हेभन’ को दोश्रो सीजन २०२३ मा आउने अपेक्षा गरिएको छ । यसमा अर्जुन माथुर, शोभिता धुलिपला, जीम सर्भ र शशान्क अरोरा लगायतको मुख्य भूमिका छ । यसको पहिलो सिजन अमेजन प्राइममा २०१९ मा रिलिज भएको थियो ।
‘द टेस्ट केस’ जी ५ को वेव सीरीज हो । यसको पहिलो सीजन २०१८ मा सार्वजनिक भएको थियो । दोस्रो सीजनलाई चार वर्षदेखि प्रतिक्षा गरिरहेका दर्शकले यो वर्ष भने हेर्न पाउने अपेक्षा छ । यो सीजनमा वाशी खान, निमृत कौर र अक्षय ओबरोयको मुख्य भूमिका छ ।
अमेजन प्राइम भिडियोको वेव सीरीज ‘द फेमेली म्यान’ का दुई सीजन २०१९ र २०२० मा प्रसारण भए । तेस्रो सीजन २०२३ मा आउँदैछ । यो सीजनमा मनोज बाजपेयी, शारीब हाशमी, प्रीयामणी, अशलेश ठाकुर र वेदान्त सिन्हाको मुख्य भूमिका छ ।
‘ये काली काली आँखे’ नेटफ्लिक्सको वेव सीरीज हो, जसको पहिलो सीजन २०२२ मा स्ट्रिम भएको थियो । यो वेव सीरीजको दोस्रो सीजन २०२३ मा सार्वजनिक गरिँदैछ । यो सीजनमा ताहिर राज भसीन, श्वेता तिवारी र आचल सिंहको मुख्य भूमिका रहने छ ।
अमेजन प्राइमको वेव सीरीज ‘पाताल लोक’ को पहिलो सीजन २०२० मा आएको थियो । दुई वर्षदेखि दर्शकले पर्खिएको अर्को सीजन यो वर्ष आउने अपेक्षा गरिएको छ । यो सीरीजमा निहारिका लारा दत्ता, जयदीप अहलावत, नीरज काबी र स्वस्तिका मुखर्जीको मुख्य भूमिका छ ।
सोनी लिभको वेव सीरीज ‘गुल्लक’ को तीन सीजन २०१९, २०२१ र २०२२ मा आएको थियो । चौथो सीजन यही वर्ष आउने अपेक्षा गरिएको छ । अन्य सीजनमा झै यो पटकसमेत जमील खान, गीतान्जली कुलकर्णी, वैभव राज गुप्ता, हर्ष मायर र सुनिता राजावर देखिँदैछन् ।
एमएक्स प्लेयरको वेव सीरीज ‘एक बदनाम आश्रम’ का अघिल्ला दुई सीजन २०२० मा रिलिज भएका थिए । तेस्रो सीजन २०२२ मा प्रसारण भयो । अब चौथो सीरीज यो वर्ष आउने भएको छ । सीरीजमा बबी देओल, चन्दन राय सान्या, अदिती पोहनकर, दर्शन पृया लगायतलाई देख्न सकिन्छ ।
सोनी लिभको वेव सीरीज ‘महारानी’ को दुई सिजन २०२१ र २०२२ मा रिलिज गरिएको थियो । तेस्रो सीजन यो वर्ष आउने अपेक्षा गरिएको छ । यो सीजनमा हुमा कुरेसी, अमित सियाल, प्रमोद पाठक, कानी कस्तुरी लगायतको मुख्य भूमिका छ ।