‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ मा ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कडेल र अक्क्षयनी दाहाल घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’को सातौँ संस्करणमा सिनियर र जुनियर केटा र केटी गरेर ४ विजेता चुनिएका हुन् ।
प्रतियोगीतामा जुनियर केटातर्फ ब्रबिम बराल र सिनियर केटातर्फ आरुष भट्टराई विजेता बन्दा जुनियर केटीतर्फ सायुरी कडेल र सिनियर केटीतर्फ अक्क्षयनी दाहालले उपाधि चुमे । त्यस्तै प्रतियोगीतामा जुनियर केटातर्फ सम्भव जैन फष्ट रनअप, आर्देन सुवेदी सेकन्ड रनरअप चुँनिदा सिनियर केटातर्फ भियोम गोयल फष्ट रनरअप र आरजय कोइराला सेकेन्ड रनरअप हुन सफल भए ।
त्यस्तै प्रतियोगीतामा जुनियर केटीतर्फ सदिक्षा जिसी फष्ट रनरअप र राधिका गोयल सेकेन्ड रनरअप बन्दा सिनियर केटीतर्फ सावलिन महर्जन फष्ट रनरअप र दृष्टि शाह सेकेन्ड रनरअप बने । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना र दावा टेक्नोलोजी एचएमसी नेपाल प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको फाइनल स्पर्धामा सम्पुर्ण देवापाटे (प्रिन्सिपल माछापुच्छ्र स्कुल तथा एकडेमिक निर्देशक), लव कार्की (संचारकर्मी), पुनम भट्ट (अफिसर अर्थमन्त्रालय), मुकुन भुषाल (अभिनेता), जयराम अधिकारी (मातृभुमि स्कुलका कोर्अडिनेटर), प्रदीप बज्राचार्य (अध्यक्ष टिम नेपाल) लगायत निर्णायक रहेका थिए । हेर एण्ड मेकअप पार्टनरको रुपमा मन्जुमेकअप स्टुडियोले साथ दिएको थियो ।
विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी अवसरको अलवा दावा एचएमसी नेपाल प्रालीको तर्फबाट गिफ्ट ह्याम्पर समेत प्राप्त गरेको छन् । कार्यक्रममा चलचित्र कलाकार संघका निबर्तमान अध्यक्ष रबिन्द्र खड्का, चलचित्र सेन्सर बोर्डका पुर्व सदस्य राजेश महर्जन लगायत चलचित्रकर्मीको बाक्लो उपस्थिती थियो ।