दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’ सुरु भएको छ । लतिलतपुरको पुल्चोकस्थित लबिम मलमा आयोजित एक्स्पोको बिहिबार एक कार्यक्रमकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पुर्व मन्त्री भिमसेनदाश प्रधानले उद्घाटन गरे ।
प्रदर्शनिमा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ८० विद्यार्थीका इन्टरियर सम्बन्धि बिभिन्न सिर्जना प्रदर्शनमा राखिएका छन् ।
‘एक्स्पोमा दुई प्रकारको प्रदर्शनि भएको छ । ति मध्य एउटा अध्यायन गरेर ६ महिना मात्र भएका बिदार्थीको बिभिन्न फरक फरक क्याफे डिजाइनहरु छन्’, आयोजक आईआईएफटीकी कार्यकारी निर्देशक बिपना थापाले भनिन् ‘अर्काे ग्राजुयट भएका बिद्यार्थीको थेसिस भनेर राखिएको छ । थेसिस भएकाहरुको बिभिन्न फरक प्रोजेट बनाएका छन् ।’ थेसिस बिद्यार्थी कसैको बुटिक, कसैको रिसोर्ट, कसैको अफिस लगायत रहेको थापाले जानकारी दिइन् ।
प्रदर्शनमा राखिएको सबै प्रदर्शनीबीच समेत प्रतिस्पर्धा हुने र निर्णायकको निर्णयको आधारमा प्रथम, दोस्रो र तेस्रो रुपमा पुस्कृत हुनेछन् । मेयर चिरीबाबु महर्जनले सबै प्रदर्शनी अवलोक गरेर त्यसको बारेमा जानकारी समेत लिएका छन् ।
कार्यक्रममा मेयर चिरीबाबु महर्जनले प्रदर्शनीको कन्सेफ आफुलाई निकै मनपरेको बताए । ‘मलाई नयाँ नौलो काम सधै मनपर्छ । यो प्रदर्शनी पनि एकदमै नौलो काम हो’, महर्जनले भने ‘नौलो काम भएकोले म हौसला बढाउन आएको हो । मेरो तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न तयार छु ।’ मेयर महर्जनले यस्ता प्रदर्शनी लतिपुरको अन्य स्थानमा पनि आयोजना गर्न र आवश्यक परेको सहयोग गर्न आफु तयार रहेको धारणा राखे ।
बर्जर पेन्टस् र प्राईम टाइलको मुख्य प्रायोजन रहेको प्रदर्शनीमा मेयर महर्जनले ग्राजुयट बिद्यार्थीलाई सर्टिफिकेट समेत प्रदान गरे । कार्यक्रममा पुर्व मन्त्री भिमसेनदाश प्रधान, फेसन कोरियोग्राफर रोजिक शाक्य, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, बरिष्ठ रंग पत्रकार तथा गीतकार डब्बु क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।