सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० भब्य रुपमा सम्पन्न भएको छ । राजधानी काठमाडौंमा नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो ।
अवार्डमा वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद रु।१७,६९६ सहित सम्मान गरिएको थियो । सम्मान प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, वरिष्ठ कलाकार शुसिल पोखरेल, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए । ज्योती विकास बैंकको प्रस्तुती रहेको कार्यक्रमलाई साहारा ग्रुपले मुख्य प्रायोजन गरेको थियो भने टोखा नगरपालिकाले सहकार्य गरेको थियो ।
त्यसैगरी वरिष्ठ पत्रकार अनन्त वाग्लेलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान नगद रु। ८८४८ सहित सम्मान गरिएको थियो । त्यसैगरी सगरमाथा कला पत्रकारिता सम्मान सुकृत नेपाल, सानुकाजी श्रेष्ठ, कमला जोशी, राजु बोहोरा, रधुनाथ सापकोटालाई प्रदान गरिएको थियो । सगरमाथा रेडियो पत्रकारिता सम्मान विजन दुवाडीलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ संगीतकार राजकुमार बगरलाई सगरमाथा संगीत साधना सम्मान गरिएको थियो । व्यवसायी शम्भु श्रेष्ठलाई सगरमाथा सम्मान प्रदान गरिएको थियो । त्यसैगरी निपेश ढाकालाई सगरमाथा कला सम्मान प्रदान गरिएको थियो ।
अवार्ड कार्यक्रममा सगरमाथा कला सम्मानबाट सम्झना बुढाथोकी, मञ्जिता केसी, रमिता भण्डारी, नारायण थापा, नन्दराम परियार, प्रविन भुषाल, प्रतिक्षा काफ्ले, धुर्व हिमाली, नकुल थापा, सुमन परियार, टेकबहादुर बोगटी, कमल अधिकारी, भद्र वलीलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई मेगा टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो ।
अवार्डका विजेताहरु
१. सर्वोत्कृष्ट राष्ट्रिय भाव गायन: कुश्मा महरा ‘प्रगति’ – कहाँ छ स्वर्ग
२. सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतकार : हरिकृष्ण बखुन्छे – पूर्व बग्ने
३. सर्वोत्कृष्ट गायक चलचित्र : बाबुल गिरी – शिरुपाते जुंगामा ९छक्का पञ्जा –४०
४. सर्वोत्कृष्ट पप–आधुनिक गायक : विष्णु भट्ट – केशरी
५. सर्वोत्कृष्ट लोक दोहोरी गायक : खुमन अधिकारी – पिरती घाटामा
६. सर्वोत्कृष्ट लोक दोहोरी गायक(पब्लिक च्याइस) : सरोज लामिछाने – मुसौरी
७. सर्वोत्कृष्ट लोक पप गायन : रोशनी रसाइली – फुर फुर पुतली
८. सर्वोत्कृष्ट पप–आधुनिक नव प्रतिभा गायन पुरुष: निमा शेर्पा – भन आज
९. सर्वोत्कृष्ट लोक दोहोरी नव प्रतिभा गायन : नबराज बस्नेत – सम्झिए मन दुख्छ
१०. सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन : नरेश विविसीरएलिना चौहान – राम साइली २
११. सर्वोत्कृष्ट गजल गायन : कन्हैया सिंह परियार – अचानक
१२. सर्वोत्कृष्ट गायिका चलचित्र : सहिमा श्रेष्ठ – दर्शन सलाम ९छक्का पञ्जा ४०
१३. सर्वोत्कृष्ट पप–आधुनिक गायिका : झुमा निरौला – तिम्रो माया
१४. सर्वोत्कृष्ट लोक दोहोरी गायिका : रमिला न्यौपाने – पिरती घाटामा
१५. सर्वोत्कृष्ट गीतकार चलचित्र : रमेश पौडेल – के बर मागी ९परदेशी –२०
१६. सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष: हरिकृष्ण धिताल – बाटो हेर्दा हेर्दै
१७. सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष (जुरी) : भुपेन्द्र बुढाथोकी – मुटु टुट्दा
१८. सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला स्देवी पराजुली – हामी नारी
१९. सर्वोत्कृष्ट लोक दोहोरी शब्द : अर्जुन थापा मगर – मनमति
२०. सर्वोत्कृष्ट लोक दोहोरी शब्द महिला : पवित्रा न्यौपाने – किन आको छेउ
२१. सर्वोत्कृष्ट लोक दोहोरी शब्द (जुरी) : सागर रेग्मी – अतित तिम्रो मेरो
२२. सर्वोत्कृष्ट नव गीतकार : आभा निरु – रिक्तिदैन आँशु
२३. सर्वोत्कृष्ट संगीतकार चलचित्र : दीपक शर्मा – दर्शन सलाम (छक्का पञ्जा ४)
२४. सर्वोत्कृष्ट पप संगीतकार : भिम विसी – चश्मा लगाउली
२५. सर्वोत्कृष्ट आधुनिक संगीतकार : चेतन राई – तिमी धुन बन
२६. सर्वोत्कृष्ट लोक दोहोरी लय : ऋषि खड्का – तिम्रै सम्झनामा
२७. सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला : निशा कार्की – सधै यस्तै मिठा कुरा
२८. सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला (जुरी) : एन्जल श्रेष्ठ – नाता ताड्यौ
२९. सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला (पब्लिक च्वाइस) : सनिशा भट्टराई – ए होर माया
३०. सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला : –एन। जेड सालु – जाममाया सुनौली
३१. सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला : दिया जिसी – चुन्नी ९ऐ हावा०
३२. सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला ; कुशुम शर्मा – सकम्बरी
३३. सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष : आरके परियार – घृणा
३४. सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष (जुरी) : सुशान्त आर।टि। – दिल रुन्छ जव
३५. सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष : सागर लम्साल – केहि हुदैन मेरो राजालाई
३६. सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल पुरुष : अमित शर्मा – धोकेबाज रैछौं
३७. सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल पुरुष (जुरी) : अबि मल्ल – चोट माथि चोट
३८. सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष : शंकर चन्द – बाँच्छु कि बाच्दिन
३९. सर्वोत्कृष्ट पप–आधुनिक म्युजिक भिडियो निर्देशन : जनक सिंह – जिन्दगीमा हास्नै भुले
४०. सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक ; मौसम हिमाली – कहाँको साइनो
४१. सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार लोक दोहोरी : नवराज उप्रेती – साँइली
४२. सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार पप : अनिल कटवाल – लाशो
४३. सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन : अमृत चापागाई – मत मर्छु होला
४४. प्रोत्साहन अवार्ड : सविना आचार्य – बैंशको गोली
४५. गायिका : लक्ष्मी केसी – लागे परदेश