रोशन दासको कथा र निर्देशन रहेको वेब सिरिज ‘आरती’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर मैथिली र नेपाली गरी दुईवटा भाषामा सार्वजनिक भएको हो ।
जघन्य अपराध बलात्कार र महिला हिंसामाथि आधारित कथावस्तु रहेको सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरिप्रसाद कंडेल र संसार अधिकारीको प्रमुख अभिनय रहेको छ ।
मैथिली भाषामा न्यारेशन र संवाद अनुवाद विद्यानन्द बेदर्दीले गरेका हुन् भने डबिङ स्वर सरोज खिलाडी, राम भजन कामत, कृष्ण कुमार महतो, गीता श्री, अनन्त अनुराग, गजेन्द्र गजुर, गायत्री सिंह, शिवम मिश्रा, रोशन साह, रूपा यादव र रवि शर्माको रहेको छ । उक्त सिरीज नितेश घतानले खिचेका हुन् भने कवीर ओडले सम्पादन गरेका हुन् । आशिष दास प्रोड्युसर र राकेश शाह क्रियेटिभ प्रोड्युसर रहेका छन् ।
आदर्श प्रडक्सनस युट्युब च्यानलमा मैथिली र ओएसआर डिजिटल युट्युब च्यानलमा नेपाली ट्रेलर सार्वजनिक भएको छ । ६ वटा एपिसोड रहेको ‘आरती’ वेब सिरीजको सम्पूर्ण एपिसोड ओटिटी प्लेटफम ‘नेट टिभी’ र ग्यालेक्सी फोर के’ टेलिभिजनमा प्रसारण हुने भएको छ ।