गीतकार दयाराम पाण्डेयको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल गठन भएको छ । बुधबार सम्पन्न अधिवेशनबाट पाण्डेय सन् २०२३ २०२५ को लागि सर्वसम्मत निर्वाचित भएका हुन् ।
कार्यसमिति उपाध्यक्षमा निर्देशक ऋषि लामिछाने, देवकुमार श्रेष्ठ र संगीतकार अर्जुन पोखरेल निर्वाचित भए । महासचिवमा गीतकार बलराम मित्र, सचिवमा निर्माण नियन्त्रक शंकर पाण्डे र कोषाध्यक्षमा वितरक सुनिल मानन्धर छन् ।
सदस्यमा अभिनेता पुष्प खड्का, नरेन खड्का, गायक युवराज चौलागाईं, गायिका माण्डवी त्रिपाठी, नृत्य निर्देशक कविराज गहतराज, निर्देशक रामशरण घिमिरे, कल्पना आचार्य, पूर्ण लामा, भूमिका शाह, कृष्ण केसी, विबुध लुइँटेल र सुरेन्द्र श्रेष्ठ भए ।
नेपाली कला संस्कृति, फिल्म र संगीतको समृद्धिको उद्देश्यसहित स्थापित इनासको केन्द्रीय कार्यालय नेदरल्यान्ड्समा छ । अहिलेसम्म विश्वका ७३ मुलुकमा शाखा विस्तार भइसकेको छ ।