मिसेस नेपाल वर्ल्ड २०२३ को फिनालेमा सहभागी हुन मिसेस वर्ल्ड २०२२ सरगम कौशल नेपाल आइपुगेकी छन् ।
पेजेन्टको फिनाले बुधबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । ‘सगरमाथाको देशमा म पहिलोपटक आएकी हुँ । मलाई नेपाल र भारतको सम्बन्ध सहोदर दिदीबहिनीजस्तो लाग्छ । यो सौन्दर्य प्रतियोगिताले पनि हामीलाई एकअर्कासँग जोडेको छ,’ काठमाडौंमा मिडिया कुराकानीमा उनले भनिन् । कौशलले प्रतियोगीहरु मेहनती पाएको भन्दै नेपालले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जित्न सक्ने बताइन् ।
विजेताले आगामी जनवरीमा अमेरिकाको लस भेगासमा हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् । साथै, मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले सन् २०२४ मा सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् ।
अश्विनीकान्त झाको कोरियोग्राफीमा हुने फिनालेमा कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुकता नकर्मी, आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मीना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पुनम श्रेष्ठ, टेककुमारी घले, मंगली सिलवाल, पविना श्रेष्ठ, सीता सुवेदी, सुस्मिता सिंह, निशा विष्ट, जेनी खड्का, सलोनी श्रेष्ठ र सरु आरएल राणाले प्रतिस्पर्धामा भाग लिंदैछन् ।