धरानमा आगामी मंसीर १५ शुक्रबार र १६ गते शनिबार गरी दुई दिन धरानको पब्लिक हाईस्कुलको मैदानमा भब्य म्युजिकल कन्सर्ट धरान म्युजिक फेस्ट २०८० आयोजना हुने भएको छ ।
स्थानीय तथा नयाँ कलाकारहरुलाई समेत बिशेष स्थान दिईने अभिप्रायका साथ पहिलोपल्ट उत्सवको रुपमा आयोजना हुन् लागेको बिशुद्ध सांगीतिक कार्यक्रम धरान म्युजिक फेस्ट २०८० को पहिलो दिन मंसीर १५ शुक्रबार युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड पहेंलो बत्ति मुनि संगै धोकेबाज हौ तिमी गीत बाट निक्कै नै चर्चामा आएकी लोकप्रिय गायिका एलिना चौहानको बिशेष प्रस्तुति रहनेछ ।
पहेंलो बत्ति मुनि को गौंथली , लोरी , बरी लै , म बाटो हिँड्ने लगायतका गीतहरु युवाहरु माझ निक्कै नै चर्चित छन् । त्यस्तै अहिले निक्कै नै व्यस्त एलिना चौहानको धोकेबाज संगै भाग्यमा खोट छ , तिम्रो मायाले बाँधेर राख , के माया लाग्छ र लगायतका थुप्रै गीतहरु लोकप्रिय छन् । उनि पहिलो पल्ट धरानमा आफ्नो प्रस्तुति दिन आउंदैछिन् । सोही दिन धरानको सबमर्ज ब्याण्डले समेत आफ्नो प्रस्तुति दिनेछन् ।
धरान म्युजिक फेस्ट २०८० को दोस्रो तथा अन्तिम दिन मंसीर १६ शनिबार चर्चित गायिका तथा भ्वाईस अफ नेपाल की कोच मिलन नेवार र अहिले चर्चामा आइरहेका धरानका प्रतिभावान गायक पूर्ण राईको बिशेष प्रस्तुति रहनेछ । जहिले सम्म संसार , गाला रातै ,इट्स स्लोली , फुल बुट्टे सारी जस्ता थुप्रै चर्चित गीतहरुकी गायिका मिलनको पनि धरानमा आउटडोर पहिलो कन्सर्ट हो ।
उक्त दिन धरानकै लासोज ब्याण्ड र दिब्यासन घिमिरेको समेत प्रस्तुति रहनेछ । त्यस्तै धरानमा रहेर नेपाली संगीत क्षेत्रमा योगदान दिने केही संगीतकर्मीहरुलाई धरान म्युजिक फेस्ट २०८० को स्टेजमा सम्मान समेत गर्ने योजना आयोजकको रहेको छ ।
साउण्ड र लाईट व्यवस्थापनको जिम्मा सुन्दर साउण्डले लिएको कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सम्पूर्ण तयारी अगाडी बढाईसकेको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ । कन्सर्टमा प्रवेशको लागि टिकट दर २०० र ३०० को टिकटको व्यवस्था गरिएको छ ।