जेडी तमूद्वारा निर्देशित नाटक ‘ब्यूँझिएको सिरानी’को मञ्चन सकिएको छ । नाटक थापागाउँस्थित मण्डला थिएटर र बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा गरी २ चरणमा मञ्चन भएको थियो ।
बुधबार साँझ नाटकको अन्तिम शो सकिएपछि निर्देशक तमूले नाटक समापन भएको घोषणा गरे । ‘हामीले मानसिक स्वास्थ्यको विषयलाई कन्टेम्पोररी डान्सको मिश्रणमार्फत् नाटक गर्यौ । हाम्रो नाटकलाई माया गरेर आइदिनुभएका सबै दर्शकहरूलाई धन्यवाद,’ जेडीले भने ।
नाटकमा रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र पनेरू, ग्लोरी थापा लगायतले अभिनय गरेका थिए ।
नाटक पहिलो चरणमा असोज १६ गतेदेखि २८ गतेसम्म मञ्चन भएको थियो । दर्शकहरूको माग बढेसँगै दोस्रो चरणमा मंसिर १५ गतेदेखि पुनः मञ्चन भएको थियो ।
अनिल सुब्बाको कला निर्देशन रहेको नाटकमा गायिका झुमा लिम्बुको संगीत संयोजन थियो भने र प्रवृति राई, नवीन बयल्कोटी र आयुषले संगीत भरेका थिए ।