‘अब हाँस्छ अमेरिका’ नारासहित अमेरिकाका विभिन्न सहरमा नेपाली कलाकारले दर्शकलाई हँसाउने भएका छन् । फ्लाई नेपाको आयोजनामा हुन लागेको कार्यक्रमका लागि कलाकारको टोली दुई हप्तापछि अमेरिका जानेछन् ।
बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै उक्त जानकारी दिइएको हो । कार्यक्रम आयोजक फ्लाई नेपा निर्देशक विनोद अधिकारीले अमेरिकाका दुई दर्जन बढी सहरमा कार्यक्रम तय भइसकेको बताए ।कलाकारको अमेरिका हँसाउने यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरू हुनेछ ।
यात्रामा सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, सन्तोष थापा सहभागी हुनेछन् । उनीहरूले एकल र सामूहिक प्रस्तुति दिने र प्रत्येक सहरमा प्रस्तुतिको समय साढे दुई घन्टाको रहनेछ ।
एक महिना बढी चल्ने यात्रा ह्यारिसबर्ग, मेरिल्यान्ड, पिट्सबर्ग, कोलम्बस, एक्रोन, न्युयोर्क, बोस्टन, न्युहेम्पसायर, कोलराडो, सिकागो, मिसिगन, ह्युस्टन, डल्लास, अस्टिन, लगभेगास, लसएन्जल्स, सानफ्रान्सिस्कोलगायत ठाउँमा हुनेछ।