कोरोनाको लकडाउनमा बिउँझिएको २२ वर्षदेखि मनभित्र ठूलो पर्दामा हिरो हुने सन्तोष अधिकारीको सुसुप्त चाहाना अब पुस २७ गते डेब्यू हुँदैछ । डेब्यूको दिन नजिकिदैं गर्दा सन्तोषमा थोरै डर र धेरै उत्साह छ ।
फिल्ममा उनलाई एउटी छोरीको बाबुका रुपमा देख्नसकिनेछ । डेब्यूलाई लिएर उत्साहित देखिएका सन्तोषले पोखरा लेकसाइडको भेटमा आफ्नो उमेर खुलाए । उमेरले उनी ४० कटिसकेका छन् । उनको ठ्याक्कै उमेर ४२ वर्ष हो । ४० कटेपछि अभिनयको संसारमा रमाउन आइपुगेका सन्तोष फिल्ममा हिरोको रुपमा यो उमेरमा भएको डेब्यूलाई स्वभाविक लिन्छन् ।
भन्छन् कुनै पनि काम सुरु गर्न कहिले ढिला हुँदैन । सुरु नै नगर्नुचाँहि समस्या हो। कुनै काम ढिला सुरु गर्ने म पहिलो होइन । भर्खरै ७० कटेकी हजुरआमा त्रिभुवन विश्वविद्यालयबाट दिक्षित हुनुभयो । उहाँले ढिला भयो ठान्नु भएको भए, त्यसबाट उहाँले पाउने असिम खुशी महशुस कसरी गर्नुहुन्थ्यो होला ररु कुनै पनि कुराको कल्पनामा रमाउनु जति मजा छ त्यो भन्दा बढि मजा त त्यो कल्पनालाई साकार बनाउनुमा छ नि होइन ररु मेरो उमेरको हिसाब लगाउने हो भने त ती ७० कटेकी हजुरआमाको अगाडि मसँगै थुप्रै कुराहरु गर्न थुप्रै समय छ ।
म लक्ष्य कति कठिन वा असहज छ भनेर यात्रा गर्न डराउने मान्छे होइन । म त्यो यात्रालाई तय गर्न हिँड्न रुचाउने मान्छे हुँ, सन्तोषले आत्मविश्वासका साथ भने ।
सबै चिजको तुलना उमेरबाट हुन नसक्ने उनको तर्क छ । उनले खोज्दै जाँदा आफ्नो क्षमता र खुबी प्रस्तुत गर्न उमेर तगारो नभएका उदाहरण प्रशस्तै पाइने बताउँछन् । हुन पनि खोज्ने हो भने सन्तोषले भनेजस्तै काम गर्नलाई उमेर फगत एउटा संख्या हो भन्ने उदाहरण धेरै क्षेत्रमा छन् ।
उनी ग्यालमरको क्षेत्र भएकाले यस्तो प्रश्न उठेको हुनसक्ने ठानछन् । तर उनको बुझाइमा बलिउड(हलिउडमा पनि पाका हिरोहरुको बोलबाला जारी रहेकाले आफूलाई करियर सुरु गर्न उमेरले नछेकेको बताउँछन् ।
फिल्मले उनलाई अभिनय र एक्सन गर्न सक्ने हिरोको परिचय दियोस् भन्ने चाहानामा छन् । फिल्ममा उनलाई एउटा मायालु बाबुसँगै गज्जब एक्सनमा देख्न सकिनेछ । चित्राको रिलिजपछि यी सबै जिज्ञासाको उत्तर पाउँछु होला । मेरो मेहनतले राम्रै परिणाम देला उनी भन्छन् ।