नेपाली अमेरिकन कलाकार संघको अध्यक्षमा वसन्ती राई निर्वाचित भएकी छन् । आइतबार अमेरिकाको न्यूयोर्कमा आयोजित संस्थाको पाँचौ अधिवेशनले नृत्यांगना राईलाई अध्यक्षमा सर्वसम्मत चुनेको हो ।
न्यूयोर्कको क्वीन्समा आयोजित अधिवेशन समारोहले राईको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति पनि निर्वाचित गर्यो । वरिष्ठ उपाध्यक्षमा गायक विमल डाँगी, उपाध्यक्षमा नृत्यकार शंकर विसी, अभिनेता बिक्की पुलामी, गायक राजेन्द्र राई, गीतकार मधुर गिरी, मोडल इत्ना कार्की छन् ।
महासचिवमा संगीता थापा मगर, सहसचिवमा गायक प्रेम सेञ्चुरी, कोषाध्यक्षमा नवीन श्रेष्ठ, सह-कोषाध्यक्षमा पुष्पा बस्नेत, युवा संयोजकमा दिलिप श्रीश मगर, मिडिया संयोजकमा पुष्कर बराल छन् ।
सदस्यमा वीर घर्ती मगर, माला मेलिशा राई, चिनिलाल श्रेष्ठ, दिनेश सुनार, संगीतकार कुमार थापा छन् । अधिवेशनको प्रमुख अतिथिमा जगदिश समाल र सभापतिमा निशा सुनार थिए ।
नवनिर्वाचित अध्यक्ष वसन्ती राईले अमेरिकास्थित नेपाली समुदायमा संस्कृति र कला प्रवद्र्धनमा लामो समयदेखि काम गर्दै आएकी छन् ।