नेपाल सांस्कृतिक महासङ्घको बागमती प्रदेश समिति गठन भएको छ । राजेन्द्र खत्रीको अध्यक्षतामा १८ सदस्य बागमती समिति गठन भएको हो ।
समितिको सचिवमा चेतबहादुर सिंह र प्रभाकर देव शर्मा रहेका छन् भने सदस्यमा महेश प्रकाश हाडा, रामकाजी घिमिरे, सारदादेवी सिल्वाल, प्रतिमा अर्याल, इन्दिरा वाइबा, सुजन रेग्मी, नयन सोडारी, सुनिल पुरी, रामकुमार महत, राजेन्द्र रिजाल, विजय कार्की सिता तामाङ, चन्द्र प्रचा, सन्तोषी केसी, सिताराम माक रहेका छन् ।
सांस्कृतिक महासङ्घ नेपाली कांग्रेसको सुभेच्छु संस्था हो । पार्टीले नेपाली सांस्कृतिक सङ्घलाई नै सांस्कृतिक महासङ्घ बनाएको हो ।
महासङ्घको देशभर प्रदेश समिति, जिल्ला समिति लगायतको विभिन्न समिति गठन गर्ने केन्द्रीय कार्यसमितिको निर्णय अनुसार बागमती कार्यसमिति गठन भएको केन्द्रीय सदस्य अर्जुन गिरीले बताए ।