नेपाली सर्टफिल्म 'पाउलो' भारतको सिएमएस इन्टरनेशनल चिल्ड्रेनस फिल्म फेस्टिभल आइसीएफसीको नोमिनेशनमा परेको छ ।
यो फेस्टिभल अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुँदैछ । जुत्ताको कथावस्तु रहेको फिल्ममा प्रशान्त हुमागाईं, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा, सन्देश थापालगायत कलाकारको अभिनय छ ।
काठमाडौंमा छायांकन गरिएको फिल्ममा रेनुका कार्कीको कास्टिङ डिरेक्सन रहेको छ भने प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन् । सहायक निर्देशन करण साउदको रहेको छ। नारायण जिसीले छायांकन गरेको फिल्मलाई अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् ।
ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । जुत्ताको कथा रहेको 'पाउलो' लाई ब्ल्याक हर्स जुत्ता कम्पनीले प्रायोजन गरेको छ ।
'पाउलो' को अफिसियल पार्टनरको रूपमा मालिका मिडिया, साइलेन्ट एक्ट रहेको छ । यो फिल्म पशुपति परिसरमा बस्ने परिवार विहिन एक सडक बालकको कथा हो । जसमा सुरूदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई बनाइएको छ ।