आगामी बैशाख ८ गते धरानको धरान रंगशालामा ब्याण्ड कन्दरा आफ्नो नयाँ टिमअप सहित कन्दरा लाईभ इन धरान सांगीतिक कार्यक्रम मार्फत धरानमा आफ्नो प्रस्तुति दिंदैछन् ।
ब्याण्डमा अहिले गायक विवेक श्रेष्ठ र सुनिल थापासँगै, नेपालमै पहिलोपटक जिप्सीज्याज म्युजिक भित्राएका हरि महर्जन, गितार वादक देव लामा, वेस गितारमा पङ्कज झा, ड्रमसेट र मादलमा विज्ञ सुन्दर महर्जनको टिमअप रहेको छ ।
पचासको दशकदेखि को निक्कै नै लोकप्रिय ब्याण्ड कन्दराका मुख्य गायक बिबेक श्रेष्ठको बिचमा विदेश पलायनले सुस्ताएको कन्दरा बिबेक श्रेष्ठको नेपाल आगमन संगै जुर्मुराउदै आइरहेको छ र अब भने कन्दरा पुरै जोशजाँगरका साथ् नया टिमअपमा मैदानमा आउने जमर्को गरिसकेको छ।
‘लेककी हे माया,’ तगारोमा रुमाल राखी,’ जिन्दगी उत्सव हो’, ‘हङकङ पोखरा’, ‘चञ्चले कान्छीको जोवन ’ ‘लेककी हे माया,’ ‘तिमी पारी त्यो गाउँमा,’ ‘विदेशीएर गइन् उनी’ भेंडीगोठैमा, प्रियसीको कल्पनामा बिश्वासको दियो लगायतका थुप्रै पुराना चर्चित गीतहरु संगै नयाँ गीत ‘विचरा म ’ लगायतका गीतहरु कन्दरा लाइभ इन धरान-कन्सर्टको पुरा समय कन्दरा ब्याण्डले पस्केर धराने दर्शकहरुलाई मनोरन्जन् दिनेछन ।
सिल्भर इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कन्सर्टको लागि सम्पूर्ण तयारी भैसकेको छ । कन्सर्टको साउण्ड , लाइट , स्टेज तथा एलईडीको व्यवस्थापन पुर्वमा नै नाम कहलिएको सुन्दर साउण्ड सर्भिसले गर्दैछ । धरानमा अहिले सम्मकै भब्य र सभ्य कन्सर्टको रुपमा आयोजनाको तयारी भैरहेको छ ।