नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौंमा सार्वजनिक गरिएको छ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले यो श्लोक एल्बमको काठमाडौंको जमल स्थित नाचघरमा लोकार्पण गरेका छन् । यो एल्बममा गौतम बुद्धप्रति समर्पित बौद्ध श्लोक ‘बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी, संघम् शरणम् गच्छामी...’ समेटिएको छ ।
बिमोचन समारोहमा बोल्दै उप्रधानमन्त्री यादबले हामीले सिक्दै भोग्दै र पढ्दै जानेको समाजबाद गौतम बुद्धले पहिला नै प्रतिपादन गरिसकेको बताए । गौतम बुद्ध नेपालमा नै जन्मेका हुन भन्ने सन्देश विश्वभर फैलाउनको लागि तयार पारिएको यो श्लोकले विश्व शान्तिलाई मजबुत बताउने विश्वास उपप्रधानमन्त्री यादवले व्यक्त गरे ।
एल्बमलाई बुद्धशान्त पार्क निर्माण समितिले तयार पारेको हो । यो श्लोक एल्बमको सँगीत जुलग डँगोलले गरेका हुन् । जसमा अग्रज गायक गायिकाहरु ज्ञानु राणा, संगीता राना, जुजुकाजी रंजित, अमरराज शर्मा, रमना श्रेष्ठ, यमन श्रेष्ठ, प्रवेशमान शाक्य, लोचन भट्टराई, संगीता शाक्य, बिजयनारायण मानन्धर, दिवाकर खड्का, निशा देशार, सानुबाबु महर्जन, केञ्जुमा सुब्बा, सरिता भारती लगायत १०८ जना गायक गायिकाको स्वरमा ४३ मिनट लामो बुद्धम् शरणम् गच्छामी श्लोक रहेको छ ।
यो श्लोकलाई १०८ पटक नै गायर तयार गरिएको पनि संगीतकार जुगलले जानकारी गराए,‘हरेक कलाकारले एक एक पटक यो श्लोक गाउनुका साथै सामुहिक रुपमा पनि गाउनु भएको छ ।
बौद्धमार्गीहरुले १०८ पटक मालामा मन्त्र जप्ने भएकाले सोही आधारमा १०८ जना कलाकारहरुको स्वरमा यो श्लोक रेकर्ड गरिएको प्रस्तुतकर्ता बुद्धशान्त पार्क निर्माण समितिका अध्यक्ष शान्तबहादुर शाक्यले बताएका छन् । हाल अडियोको रुपमा सार्वजनिक गरिएको यो एल्बमको श्लोकलाई भिडियोको रुपमा चाँडैनै तयारी गराएका रहेको छ ।