इटहरी र कोशी प्रदेशका कलाकारहरूसंग ‘सिने समस्या र समाधान’ नामक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश समितीले आयोजना गरेको थियो ।
बैशाख ३ गते नयाँ वर्ष २०८१ सालको अवसर तथा विश्व कला दिवसको उपलक्ष्यमा आयोजना भएको उक्त अन्तक्रिया कार्यक्रमको सह-आयोजकको रुपमा चलचित्र पत्रकार संघ नेपाल, मोरङ शाखा रहेको थियो । विराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथी चलचित्र पत्रकार संघ नेपालका संयोजक तथा केन्द्रिय सदस्य नरेन्द्र बस्नेत विशेष अतिथी रहेका थिए ।
अन्तक्रिया कार्यक्रममा वक्ताको रुपमा अभिनेता प्रेम सुब्बा, हल संचालक कुबेर शर्मा, गायक तथा कलाकार श्रीकृष्ण लुइँटेल, फिल्म निर्देशक केशव रायमाझी र टिप्पणीकर्ताको रुपमा फिल्म निर्देशक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भिषण राई रहेका थिए भने सहजकर्तामा आयोजक संस्थाका सचीव सुवास संकल्प श्रेष्ठ रहेका थिए । अन्तक्रिया कार्यक्रम पश्चात् गायक सुमित खड्का, गायिका गंगा गौतम, अन्जु गौतमले आफ्नो लोकप्रिय गायन प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।
विराटनगरको ताण्डव रेस्ट्रो एण्ड बारमा आयोजना भएको कार्यक्रमलाई वाइवाई नुडल्सले ब्राण्डिङमा सहयोग गरेको थियो । यस्तै कार्यक्रमको सहयोगीको रुपमा फिल्म बलिदान, सुगुप, पुजार सार्की, अञ्जीला, घरज्वाई, रिजन होटल एण्ड म्युजिक क्याफे, सौन्दर्य प्रतियोगिता फेस अफ नेपाल, राष्ट्रिय पोशाक घर, हिमालय टाकिज बिराटनगर, सेन्ट्रल मल्टिप्लेक्स, सिटि सिनेमा, सिने द्वार, क्विएफएक्स बिराटनगर रहेको थियो ।
आयोजक संस्थाका सह-सचीव बिकल श्रेष्ठले संचालन गरेको कार्यक्रममा पहिलो थारु नायक तथा म्याजिक हल रामधुनी झुम्काका संचालक पर्शुराम चौधरी, मैथिली चलचित्रकर्मी संघ अध्यक्ष सन्तोष सरकार, राजबंशी चलचित्रकर्मी संघ अध्यक्ष प्रवलदीप बिश्वास, फिल्म निर्माता तथा निर्देशक कोशी भिजन फिल्म्स प्रालीका संचालक लाखमान योन्जन तामाङ, थारुचलचित्र तथा सांस्कृतिक संघ मोरङका अध्यक्ष कृष्ण दोषी, कलाकार कल्पना पाण्डे आचार्य, महिला व्यवसायी तथा कलाकार राधा आचार्य, निर्देशक राजु चौधरी, नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मिन कुमार नवोदित लगायतका कलाकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।