बैशाख ६ देखि ८ गतेसम्म रामेछापमा आयोजना हुन लागेको तेस्रो ग्रामीण चलचित्र महोत्सवमा २० फिल्म छनोट भएका छन् । चार विधामा फिल्म छनोट भएको आयोजक सेलिब्रेटी नेपालले जनाएको छ ।
फिल्म क्षेत्रलाई सरकारले आवश्यक सहयोग दिने मन्त्री भण्डारीले प्रतिबद्धता जनाए । कलाकार देशका गहना भएको भन्दै उनले कलाकार र फिल्म क्षेत्रलाई उद्योगको रुपमा विस्तार गर्ने उद्देश्य रहेको बताए ।
महोत्सवमा टिपिकल गाउँको कथाबस्तुमा आधारित चलचित्र समेटिएको सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।
स्क्रिनिङसँगै फिल्मबारे अन्तरक्रिया, कार्यशाला गोष्ठी र पर्यटन प्रवर्द्धनबारे छलफल हुने जनाइएको छ । यसअघि गोरखा र काभ्रेमा महोत्सव यसपटक रामेछाप नगरपालिकाको गौरीशंकर उच्च माविमा हुन लागेको हो ।
महोत्सवमा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष दयाराम दाहालको संयोजकत्वमा जुरी कमिटि रहेको थियो । जुरीमा गणेश पाण्डे,भरत रेग्मी,ज्योतिराज राई र कुबेरराज गिरि रहेका छन् ।
नेरुफमा छनोट भएका फिल्महरु
फिचर फिल्म
नाङ्गो गाउँ : दिपेन्द्र लामा
दिमाग खराब : निश्चल बस्नेत
बिच्छेद : सत्यराज चौलागाईँ
सतीदेवी : लक्ष्मण सुवेदी
शर्ट फिल्म
द डार्क बेकन : पवन केसी
सिगरेट : डब्बु क्षेत्री
सिपाईको छोरो : सुरज पौडेल
द ग्रेट मुखिया : असिम पौडेल
डिस्पेयर : शिव पुरी
रित्तो गाउँ : रामजी ज्ञावाली
आमा : परिच्छेद सेन
स्यालुट : अनुपराज राई
अन्तै माया : रणधीर श्रेष्ठ
डकुमेन्ट्री फिल्म
आग्रे : अनिल बुढा मगर
स्नो लेपार्ड : प्रदीप पोखरेल
इट्टा भट्टा : सुरेश डी मुखिया
बनकरिया : लक्ष्मी सुवेदी
भाषिक फिल्म
लिलामे माइला : भिम लामा
माराङ : बुद्धिया एस मगर
स्वयनगु : अमृतमान महर्जन