क्रियटीभ वल्र्ड नेपालको आयोजनामा हालै आठौं संस्करणको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राईजींगस्टार सिजन ८ कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । राष्ट्रिय नाचघरको प्रेक्षालयमा भएको कार्यक्रमबाट यो बर्ष जुनियर क्याटगोरीबाट एभरेष्ट इङ्लिस स्कुल, भक्तपुरमा कक्षा ५ मा अध्ययनरत नियासा प्रधानाङ्ग र सिनियर क्याटगोरीबाट काठमाडौं ग्लोबल स्कुल, गंगबुमा कक्षा ७ मा अध्ययनरत समिका भटराई बिजयी बन्न सफल भएका छन् । बिजेताद्धयले नगद रु. १००,०००।– को चेकसहित अवार्ड, क्राउन र विभिन्न उपहारहरु प्राप्त गरेका छन् ।
फस्ट रनरअपको उपाधी भने जुनियर क्याटगोरीबाट नाइटिंगेल स्कुल, कुपण्डोलमा कक्षा ३ मा अध्ययनरत स्पर्श राई र सिनियर तर्फ आइडियल मोडल स्कुल धोबिघाटमा कक्षा ८ मा अध्ययनरत प्रतिक जोशीले प्राप्त गर्न सफल भएका छन् । स्पर्श राईले मोस्ट ट्यालेण्टेडको अवार्ड पनि हात पारेका छन् ।
सेकेन्ड रनरअपको उपाधी लिन सफल भएका छन् जुनियर क्याटगोरीबाट बेबीलोन नेशनल स्कुल, शान्तिनगरमा कक्षा ४ मा अध्ययनरत शाइस्ता रेग्मी र सिनियर क्याटगोरीबाट काठमाडौं ग्लोबल स्कुल, गंगबुमा कक्षा १० मा अध्ययनरत दिक्षा पाण्डेले ।
प्याब्सन काठमाडौंको सहकार्यमा सम्पन्न भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राईजींगस्टार सिजन ८ कार्यक्रममा ७३ जना काठमाडौंका बिभिन्न स्कुलहरुमा अध्ययन गर्ने कक्षा २ देखि १० सम्मका बिद्यार्थी भाइबहिनिहरु बिभिन्न चरणको अडिशन राउण्डबाट छनौट भएर अन्तिम प्रतिश्पर्धाका लागि सहभागी भएका थिए । कार्यक्रमहलमा १२ दिन सम्म ७३ जना प्रतिश्पर्धीहरुलाई जीवन उपयोगी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्धेश्यले बन्द प्रशिक्षण गराइएको थियो । कार्यक्रममा टप–थ्री देखि टप–सेभेन सम्म र बिभिन्न विधामा अन्य २४ जनालाई सबटाइटल अवार्ड उपाधी प्रदान गरिएको थियो भने सातजना अभिभावकहरुलाई बेष्ट प्यारेन्ट्स अवार्डबाट समेत सम्मानित गरियो ।
कार्यक्रममा प्रमुख निर्णायकको रुपमा साँस्कृतिक संस्थानका निवर्तमान महाप्रबन्धक एवं बरिष्ठ पत्रकार श्री अशोकप्यासी राई र अन्य निर्णायकहरुमा प्याब्सन काठमाडौंका उपाध्यक्ष श्री सुर्य भण्डारीे, राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष कवि बम बानियाँ, प्रशिद्ध गायक अशोक मुकारुङ, मिस लिटिल लेडी ढठ, मिसटिन द्दण्ण्घ कि बिजेता तथा प्रिमियर इन्टरनेशनल क्ष्द्य कन्टिनम स्कुलका एकेडेमिक डाइरेक्टर प्रभिना थापा, मिस मंगोल २०२१ की बिजेता अप्रिल्ला घिसिङ, राइजिंगस्टार सिजन २ का बिजेता अनुष्का मानन्धर र राईजिंगस्टार सिजन ५ का बिजेता प्रशुन बडाल रहेका थिए ।