थापागाउँको आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा नाटक ‘काल’को मञ्चन सुरु भएको छ । नाटकले काल अर्थात् मृत्यु र समय चक्रदुवै पक्षलाई छुने प्रयास गरेको छ ।
नाटकले विश्व परिवेशमा देखिएको आर्थिक मन्दी र प्राकृतिक तथा सामाजिक कारणले मनोवैज्ञानिक रोगको सिकार भएका व्यक्ति जो आफूलाई दुर्बल ठानेर आत्महत्याको बाटो रोजिरहेका छन्, उनीहरुको मनोवैज्ञानिक उपचारको वकालत गर्छ ।
नाटकमा ध्वनि तथा संगीत परिकल्पना उत्सव बुढाथोकीको छ भने भेषभूषा नीता राई र सलिना क्षेत्रीको छ । त्यस्तै मञ्च निर्माण हुम बीसी, पोस्टर स्केच सजन थापा मगर, मञ्च व्यवस्थापन सुवास तिमल्सिना र पोस्टर ब्रोसर सुदर्शन पुलामीको छ ।
राजकुमार पुडासैनीको प्रकाश परिकल्पना रहेको नाटकको सहायक निर्देशकको रुपमा सुवास तिमल्सिना छन् । नाटकमा सुनील पोखरेल, प्रवीण खतिवडा, चन्द्र नेपाली, नीता राई, केशव शाही, आशिष घिमिरे, अर्जुन सिवाकोटी, सन्देश कार्की, रोशनचन्द, सलिना क्षेत्री सुरभी कामतको अभिनय छ । नाटक आज मंसिर १४ गते देखि ३० गतेसम्म मञ्चन हुँदैछ ।