परिवर्तन नेपालको असार २३ गते बसेको कार्यसमितिको बैठकले परिवर्तन सम्मान, चेतन कार्की स्मृति पुरस्कार र दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार नेपाली कला, सँस्कृति तथा चलचित्र क्षेत्रमा योगदान पु¥याएका विभिन्न ब्यक्तितवहरुलाई प्रदान गर्ने निर्णय गरेको छ ।
परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा बसेको कार्य समितिको बैंठकले चेतन कार्की स्मृति पुरस्कार संचारकर्मी कृष्ण भट्टराईलाई अर्पण गर्ने निर्णय गरेको छ । यसैगरी कलाकार शारदा गिरी र निर्देशक, कलाकार विश्वदिप घिमिरेलाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । संचारकर्मी कृष्ण भट्टराईलाई चलचित्र क्षेत्रको विकास विस्तार र पेशाकर्मीको उत्थानका लागि विगत अढाई दशक भन्दा बढी समय देखि पत्रकारितामा संलग्न रहि योगदान पु¥याए वापत चेतन कार्की स्मृति पुरस्कार प्रदान लागिएको हो ।
त्यस्तै, विगत चार दशक देखि नेपाली चलचित्र तथा टेलिचलचित्रमा अभिनय गर्दै आएकी कलाकार शारदा गिरी र विगत अढाई दशक भन्दा बढी समय देखि नेपाली रंगमञ्च चलचित्र र टेलि चलचित्रमा निर्र्देशन तथा अभिनय गर्दै आएका विश्वदिप घिमिरेलाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार दिने निर्णय भएको हो । यो पुरस्कार २०७३ सालमा स्थापना गरिएको हो । दुवै पुरस्कारको राशी जनही रु.१५,००० (अक्षरुपी पन्ध्र्र हजार) रुपैया रहेको छ । बैठकमा पुरस्कार छनोट समितिका सदस्य वरिष्ठ सञ्चारकर्मी तथा गीतकार शान्तिप्रिय, डिजाईनर तथा गीतकार सुन्दर श्रेष्ठ र परिवर्तन नेपालका मानार्थ सदस्य तथा चलचित्र निर्देशक माधव राज खरेलको उपस्थिती रहेको थियो ।
परिवर्तन नेपालले आफ्नो स्थापनाकाल वि.सं.२०५३ साल देखि विभिन्न स्रष्टा, सर्जक र परिवर्तन नेपालसँग आवद्ध चलचित्रकर्मीलाई परिवर्तन विशेष सम्मान प्रदान गर्दै आएको छ । सोही अनुरुप आफ्नो कला यात्राको प्रारम्भिक दिनमा परिवर्तन नेपालसँग आवद्ध रही आएका लोकप्रिय अभिनेता आर्यन सिग्देल, अभिनेता आशान्त शर्मा, कलाकार सरोज ओली र ललितकला कलाकार देवेन्द्र थुम्केलीलाई परिवर्तनकर्मी विशेष सम्मान अर्पण गर्ने निर्णय पनि सोही बैठकले गरेको छ । यसैगरी चलचित्रमा छाँयाकारको रुपमा काम गर्दै प्राविधिकहरुको पेशागत हकहितका लागि प्रतिवद्ध भई काम गर्दै आएका वीरेन्द्र प्रसाद भट्ट र गीत संगीतको क्षेत्रमा पत्रकारीता मार्फत र गीत संगीत उत्थानका लागि अवार्डको आयोजना गरी काम गर्दै आएकी सविता पोखरेललाई परिवर्तन विशेष सम्मान गर्ने निर्णय गरेको छ । यी पुरस्कार सम्मान श्रावणको तेस्रो साता विशेष कार्यक्रमको आयोजना गरी अर्पण गरिने परिवर्तन नेपालका महासचिव देवेन्द्र पाण्डेले बताएका छन् ।