– बिनोद पौडेल
सिनेमामा मेरो रुचि सानै देखि रहेछ ! थियो भन्दा पनि हुन्छ । मेरो स्कुलीङ भारतको गुजरातमा भएको हो । त्यहा“ त सिनेमाको एउटा (कल्चर) सिने संस्कृति नै थियो । हरेक आइतवार सिनेमा हेर्न जाने । त्यहा“ भिडियो सिनेमाहरु पनि खुब बन्थे । त्यहितिर बाट नै मलाई सिनेमाको हिरो बन्ने रुचि जागेको थियो । नेपाल आईयो रुचि कायम नै थियो । खुब फिल्म हेरीन्थ्यो । भागी भागी फिल्म हेर्न जाने । सिनेमाको रुचि त प्रशस्तै कायम थियो । तर पारिवारिक जिम्मेवारी पनि आईरहेको थियो । यस्तैमा म मिडिलिस्ट हानीन प¥यो । अब हिरो भइदैन की जस्तो पनि लाग्यो । तै पनि आशा भने बा“की थियो ।
घरको अबस्थामा पनि केहि सुधार आयो । म पनि फर्के । फर्केपछि अब म सिनेमा पढेर नै लाग्छु भन्ने सोचे । ड्रिम पुरा गर्छु नै भन्ने थियो । यसैले मुम्बइमा एप्लाई गरे । तर त्यहा“को रेस्पोन्स ढिला आयो । यसै बिच नीर शाह जस्ले यहि फिल्म कलेज खोल्दै हुनुहुन्छ भन्ने सुने । यो मौका चा“ही छोड्नु हुन्न भन्ने लाग्यो र भर्ना भैहाले । त्यसपछि मात्र बम्बई बाट रेस्पोन्स आयो । तर यतै बस्ने निर्णय गरे । कलेज प्रबेश पछि ठ्याक्कै मेरो फिल्म यात्रा शुरु भयो । अब म नायक हाईन कलाकार बन्छु भन्नेमा लागे । कलाकार सबचिज गर्न सक्छ भनेर यस्तो सोचाई आयो । उद्योग भने अलि फरक थियो । यथार्थपरक सिनेमा बनीरहेका थिएनन् । ठिकै छ भन्ने लाग्यो । कोशिस पनि गरे । तर कतिपय कोशिस सफल भएनन् ।
सुपरएक्टिङ कम्पिटिसन भयो त्यहा“ फस्र्ट पनि भए । तर त्यतिकै त्यो रोकियो । एक दुई फिल्मका अफर पनि आए । एउटा गरे पनि । तर त्यो फिल्मको यूनिटले रेस्पोन्स त्यति गरेन । मलाई मन परेन । अपमानित भएर के काम गर्नु भनेर बिचमै छोडिदिए । बरु आफै राम्रो सिनेमा लेख्छु, आफैले गर्छु, अरुलाई पनि गराउ“छु भन्ने लाग्यो । एउटा राम्रो फिल्म यसैबिचमा पाएको पनि हो – सिग्नेचर । तर विडम्बना यो फिल्म नै रिलिज भएन । झन फ्रस्टेशन भयो ।
यसै बिचमा एमविए गर्न लण्डन गए । लण्डन गएपनि फिल्म छोड्न त सकिएन । एमविए गरेर म फर्किए । यतिखेर आफुलाई पनि पर्सनालिटी डेपलप भएको महशुस गरे । यहि बेला ओम्कार बाटै पढाउनका लागि अफर आयो । कलेजको अवस्था सोचे जस्तो थिएन । लथालिड्ड थियो । विद्यार्थीहरु आन्दोलनमा थिए । आफै पढेको कलेज मलाई समस्याहरु थाहा नभएको होईन । टिचर भएर प्रवेश त गरे । एक पटक मिटिङमा कलेज चलेन, यो भएन, त्यो भएन केहि बाध्यहरु भए । समस्याहरु होलान, सोर्स पनि नभएकै होला तर भिजन नभएर कलेज नचलेको हो भन्ने मैले राय राखे । केहि कुरा कलेज अझ भनौ फिल्म कलेज कस्तो हुनुपर्छ भन्ने भिजन मेले राखे ।
भोलीपल्ट टिकाराम पोखरेल सरको फोन आयो यसो गर्नु न त तपाईलाई ज्ञान रहेछ । म अलमल्लमा परे । तर यो मौका पनि हो भन्ने लाग्यो र च्यालेन्ज लिए । फिल्म बनाउने सोचमा थियो त्यतिखेर रोकियो । टियूले कलेज बन्द गर्न खाजीरहेकै थियो। मैले च्यालेन्ज स्वीकार गरेकै दिन कलेजमा डिनहरु आउनु भयो । अब यो कलेज बन्द गर्नु पर्छ । तपाईहरुले चलाउन सक्नु भएन भन्नु भयो । अब यसरी चल्दैन भन्न थाल्नु भयो । एकेडेमीक संस्था जस्तो भएन । बन्द गरीनु पर्छ भन्नु भयो । मैले ६ महिना माग गरे । प्रेजेन्टेशन पनि दिए । प्रेजेन्टेशन हेरेर भन्नु भयो यो त राम्रो छ तर कसरी प्लान पुरा हुन्छ भन्नु भयो । टिम बनाए, काम गरे । १ वर्ष चलाएर एउटा लेबलमा कलेज पु¥याएर छोड्छु भनेको थिए तर ११ वर्ष पुगेछ । तर कलेजलाई गतिमा भने लगियो । सानो उमेरमै प्रिन्सिपल भएर चुनौती स्वीकारेर काम गर्न सफल भए भन्ने मलाई लाग्छ ।
‘अवेकन आइज’ नामक सर्ट फिल्म बनाएका थियौ । निकै चर्चा पायो । धेरै फेस्टिवलमा पुग्यो पुरस्कृत भईयो । यसैको आडमा फेरी मैले ‘साघुरो ‘ लेखे । यसले पनि नेशनल अवार्ड पायो । अन्तराष्ट्रिय रुपमा पनि पुरस्कृत भईयो । चर्चा पायो । बक्स अफिसमा चा“हि राम्रो भएन । चलचित्रको विषयवस्तुमा दर्शक त्यतिखेर अलि पुगिसकेका थिएनन् भन्ने लाग्यो । तर पनि च्यानल फोरलाई हामीले फिल्म बेच्यौ । सफल भईयो बस यसैमा भन्ने लाग्छ । कुनै बेला नेपाली फिल्म पनि च्यानल फोरमा आउँछ भनेको थियो । त्यो सार्थक पनि भयो ।
एक एक्टर नबने पनि मेले कमसेकस पढाउने काम चाँहि गरेको थिए । एकै ठाउँमा १०÷११ वर्ष बसेपछि मलाई यहि बसिरहनु हुँदैन भन्ने लाग्यो । नयाँ मान्छे नयाँ सोच सहित आओस भनेर मैले कलेज छोडेको थिए ।
मैले कलेज छोड्न खोज्दा साथीहरु भने मनिरको थिएनन् । यहि बिचमा मैले वुलवुल लेखिसकेको थिए । वुलवुल बनाए । चल्यो पनि बक्स अफिस पनि रामै्र भयो । सबै राम्रो नै हुदै गए पछि फिल्म मेकरको रुपमा म स्थापित पनि भए । विभिन्न प्रतिष्ठित पुरस्कार पनि पायो ।
यसपछि म भूठानको यात्रातिर लागे । अर्को एउटा सिनेमा गर्नु पर्छ भन्ने लाग्यो र म भूठानमा केन्द्रित भए । भुटानको पिडादायी कथाले मलाई छोयो । यस पछि नै भूठान गर्नु पर्छ भन्ने लाग्यो । यस बिचमा यो सिनेमा गर्न धेरै कुरा अप्ठा्यारा भए । म आफै फेलिएर नै रहेको हो की भन्ने लाग्यो । यस बिचको समयमा म मा केहि परिवर्तनहरु आए । चार वर्षको लामो बिश्राम भैसकेको थियो । सिनेमालाई लिएर मेरो बुझाइ, मेरो दृष्टिकोण र म के रैछु भन्ने आफैले आफैलाई पत्ता लगाए । म के रैछु, मैले कसरी कुनै पनि सोच्दो रैछु, मैले कसरी कुरालाई उठान गर्दा रैछु, मैले यहि कथालाई पनि कसरी भन्दा रैछु भन्ने कुरा मैले भूठान गर्ने क्रममा आफैमा आफै पाए । आफूले आफैलाई पत्ता लगाउदै गर्दाको शिल्प हो – भूठान । जानेर भन्दा पनि मेरो अनुभवले बनाएको भूठान । यात्राले म मा ल्याएको परिवर्तन बनेको हो भूठान । संघर्षबाट, उतार चडाबबाट आएको यो चलचित्र हो भूठान जसलाई मैले यसरी बनाउछु भनेर सोचिन । वुलवुलको निर्देशक र भूठानको निर्देशकमा धेरै फरक छ । म बुनिदै गए र भूठान बनाए । शिल्पको हिसाबले भूठान केहि फरक पक्कै छ ।
आफू गाडिएको, हुर्कीएको भूमिबाट उखेलेर अर्को भूमिमा जव लगिन्छ नी त्यसपछि मान्छे मान्छे रहदैन रहेछ । अस्तित्व ढलीसकेको, पहिचान ढलिसकेको, पहिचान हराईसकेको मान्छे बढो विक्षिप्त हुदोरहेछ । स्वर्ग जस्तो ठाउँ पुगे पनि त्यो मान्छे सम्हालिन सक्दो रहेनछ । मान्छे स्वर्ग जस्तो ठाउँमा पुगेर पनि मर्न÷आफैलाई मार्न बाध्य छ । आफ्नो परिचय, आफ्नो मार्ग, भाषा, संस्कृति, जमिन जहाँ आफ्नो प्राण बसेको छ त्यो कति महत्वपूर्ण कुरा रहेछ । यहि कुराको अनुभुति, संवेदना भूठान मा मैले उर्ताने प्रयास गरेको छु । हेदै गर्दा हरेक मान्छेलाई हुन्छ भन्ने मलाई लाग्छ । विदेश गएकाहरुको, देशछोड्दै गर्दै गर्दाको पिडा, परिचय गुमाउदै गरेको कथा ‘भूठान‘ मा मैले उर्ताने प्रयास गरेको छु । पृष्टभूमी यसमा भूटानकै छ । तर इमोशन, गहिराई तपाई हाम्रो हामी सबैको कथा लाग्छ भूठानमा । संसारको सबैभन्दा बलियो पासपोर्ट भए पनि आफू जन्मेको ठाउँमा ऊ जान पाउदैन भने कति कमजोर छ त्यो मान्छे । यहि अनुभुति हुन्छ मलाई पनि ।
मैले काम गर्दै जाँदा कुनै इमोशनले मलाई तानिहाल्छ । मलाई ‘भूटान‘ भित्रको कथाले तान्यो । मलाई लाग्यो यहि हुनु थियो । सायद मेरो जिम्मेवारी थियो। मैले नै गर्नु पर्ने लेखिएको थियो होला । कता–कता बाट मैले यो कथा पढ्न पुगे । मलाई छोयो । यो अरुलाई पनि छुन्छ होला भन्ने लाग्यो । मैले नै गर्ने होला भन्ने लाग्यो, र आज बन्यो भूठान ।
(नेपाल चलचित्र संघको ५० औं साधारणसभामा प्रकाशित स्मारिकाबाट)