- कमल एक्चै मगर
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । सानो भौगोलिक क्षेत्रफल भए पनि नेपालमा दर्जनौं जातजाति, भाषा, धर्म र संस्कृतिहरू छन् । यहाँ हिमाल, पहाड र तराई क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिहरूले आ–आफ्नै भाषा, धर्म, संस्कृति, जीवनशैली र परम्परागत ज्ञान–सीप बोकेका छन्, जसले नेपाली सांस्कृतिक विविधतालाई अझ समृद्ध बनाएको छ । विशेष गरी आदिवासी जनजातिहरूको मौलिक लोकगीत, नृत्य, भेषभूषा र परम्परागत संस्कारहरूले नेपालको सांस्कृतिक विविधतालाई जीवन्त बनाएको छ । यसले नेपाललाई एउटा बहुरंगी फूलबगैंचाको रूपमा चिनाएको छ । यी विविध संस्कृतिहरू जातीय पहिचान र सामाजिक एकताको आधार हो । नेपाल सरकारद्वारा गठित राष्ट्रिय जनजाति उत्थान प्रतिष्ठानमा सूचीबद्ध ५९ आदिवासी जनजातिहरू छन् । यी समुदायहरूका लोक गीत–संगीत, नाच र परम्पराहरू केवल मनोरञ्जनका साधन मात्र होइनन्, सामाजिक चेतना, ऐतिहासिक स्मृति र सांस्कृतिक धरोहरका जीवित प्रतीक हुन् । नेपालमा जनसंख्याको दृष्टिकोणले मगरहरु ठूलो जनसंख्या भएको जनजाति मध्ये एक हो । मगर समुदायमा प्रचलित मौलिक संगीतहरुमा कौरा नाचलाई लिइन्छ । कौरा समुहमा गाइने नाचिने गरिन्छ । यस भित्र प्रेम, सामाजिक व्यांग्य, विछोड र हाँस्य रस हुन्छ ।
धन मन भाको लाहुरेले बैना मा¥या होला की ?
नानीलाई सुहाउने झुम्के बुलाकी . . .
हा हा . . . नानीलाई सुहाउने झु्रम्के बुलाकी ।
शिरफुल फिल्ममा समावेश गरिएको यो कौरा गीतमा युवतीलाई पैसा कमाउने लाहुरेले बैना पो गरेको छ कि भन्ने आशंका गरेको छ । मगर समुदायमा पुर्वतिर हुर्रा र पश्चिम भेगका मगरहरुमा कौरा÷सोरठी गीत मेलापात, चाडपर्व र विवाहमा गाएर रमाइलो गर्ने परम्परा अझै कायम छ । यस्तै गुरुङ समुदायमा प्रचलित “रोधी“ युवायुवतीहरु सामुहिक रुपमा गाउने गर्छन् । छयाँछये, साम्ये फुला, गौडे गीत जस्ता रोधी गीतहरुले प्रेम, वियोग र सामाजिक जीवनको चित्रण गर्छ ।
हो हो . . माया चञ्चले रैछ तिम्रो त्यो बानी
लाईदेउ माया तिमीले कलेजी छेउ खानी
हो हो . . माया चञ्चले रैछ तिम्रो त्यो बानी ।
सिमारेखा फिल्मको यस गीतले गहिरो भावनात्मक पीडा, चोट गम्भीर ढङ्गले व्याख्या गरेको छ । गुरुङ समुदायमा रोधी, घाटु गीत गाएर आपसी सम्बन्ध र भावना आदन–प्रदान गर्ने परम्परा आज पनि जीवित छ । यसै गरी तामाङ समुदायको प्रसिद्ध लोकधुन तामाङ सेलो हो । जुन डम्फू, मादल, टुङ्ना र झ्यालिको तालमा गाइन्छ ।
तल–तल बग्ने रोशी खोलामा, मकै त पिस्ने जोर घट्टा
बल्ल पो भेट भो पुर्वेली मैच्याङ गरौ कि गीत मै ख्याल ठट्टा
गीतले पुर्वेली युवतीसँग बल्ल भेट भो अब गाएरै गफ गर्दै हाँसी ठट्टा गरौ कि भन्दै गीतलाई हाँस्य शैलीमा प्रस्तुत गरिएको छ । सेलो गीतमा प्रेम, दुख, परदेशी जीवन र सामाजिक सन्देश हुन्छ । सेलो गीत नाच सहित प्रस्तुत गरिन्छ जसले सामुदायिक उर्जा र आत्मीयता अभिव्यक्ति गर्छ । राई÷लिम्बु समुदायमा साकेला, उभौली, उधौली र धाँ लगायतका पर्वहरुमा विशेष लोक गीतहरु गाइन्छ । लिम्बुहरुमा पालाम र राईहरुमा साकेला सिली गाइन्छ नाचिन्छ ।
पालाम ः सेक्मा रि फुङ्से, ए . . तेङ दुङ्से
कोक्मा बाआ माङ्से, ए तुम्याङ हाङ्से
ए हाई हा हा . . .
साकेला सिली ः
सिमली स्याउलीले बारेर है, देवी देउता भाकेर
पुर्खाको रीति साकेला है, मनाउ है सिली नाचेर
सोइ सोइ ला . . . सोइ सोइ ला . .
यी गीतहरु सामुहिक रुपमा नाच्ने गाउने गरिन्छ । जसले प्रकृति, देवी देवता र मानव सम्बन्धलाई जोड्दछ । थारु समुदायहरुमा झुमरा, मगरा र धुमा गीतहरुले कृषि, प्रकृति र सांस्कृतिक जीवन शैलीको अभिव्यक्त गर्छ । थारु समुदायमा विवाह, जात्रा जस्ता चाडपर्वमा गीत गाएर समुहमा नाच्ने परम्परा छ । तिनीहरुको मागी गीतले परम्परागत थारु संस्कारलाई झल्काउ छ, जस्तो कि,
माघी आयी सुरेकाय शिकार खायली रे हा . .
सकी गइ मागकै पिली कुरी–कुरी जाड
यस गीतको भाव माघी पर्वमा साथीहरुसँग मिलेर शिकार गरेर खाइयो, जाड (परम्परागत मदिरा) पनि सकियो तर कठ्याङग्राउने जाडो सकिएन भन्ने हो । नेवार समुदायको देव भजन, लाखे नाँचसँग जोडिएका धुनहरु भिनाय् गीत आदी अत्यन्त उन्नतिशील छन् । विशेष त जात्राहरुमा प्रयोग हुने नेवारी धुनहरु परम्परागत बाजाहरु ( धिमे, नय्खिन, खिँ आदी) सँग गाइन्छ । जसले धार्मिक भाव र सामुदायिक ऐक्यता प्रकट गर्छ ।
माँ जिता हेकेगु मतिया, जिल मय मखु,
छंगु चकु माकु खाँ ङयाने हे मखु,
ग्यात जिल छनिसे चलि हे मखु
हा य चलि य मखु . . .
मैले राम्रो काम गरेर साथीहरुसँग रमाइलो गरिरहेको छु । सारा सहरमा खुशी र उल्लास छाएको छ भन्ने भावार्थ हो । विशेष गरी बडादशैं तिर गाईजात्रा, इन्द्रजात्रा आदीमा मुखुन्डो लगाई शक्तिशाली, उर्जाशील नृत्य गरिन्छ । लाखे गीत प्राय पुराना देवीदेवता सम्बन्धी कथा, शक्ति, विजय र राक्षससँगको द्वन्द जनाउने खालको हुन्छ । माथि केही प्रमुख जनजातिहरुमा गाइने नाचिने मौलिक लोक गीत–संगीत बारे उल्लेख ग¥यौ । नेपालमा करिब १२५ भन्दा बढी जातीय समुदायहरू छन् । यी मध्ये १२३ भन्दा बढी त मातृभाषाहरू मात्र छन् । हिन्दु, बौद्ध, इस्लाम, किराँत, इसाई लगायत विभिन्न धर्मावलम्बीहरूले यहाँ सहअस्तित्वको उदाहरण देखाएका छन् । हिमाल, पहाड र तराई क्षेत्रका बासिन्दाहरूको आ–आफ्ना परम्परा, भाषा र संस्कृति छ, हिमाली भेगमा बस्ने शेर्पा, भोटे, लोपा, डोले, वालुङ, तोक्पा आदी जातिहरुको छुट्टै संस्कार संस्कृति छ । पहाड क्षेत्रका मगर, गुरुङ, तामाङ, र ाई, लिम्बु, चेपाङ, सुनुवार, थामी, भुजेल, याख्खा, ल्होमी, बार ाम, धनुक, हायु, कुशबडिया, जिरेल, कुमाल आदि जातिहरुको पनि त्यस्तै फरक–फरक परम्परागत संस्कार चलन छ । यस्तै तराईका थारु, राजबंशी, मुसहर, डुम, टाटमा, मेच, कोच, लोथ, माझी, दराई, बोटे, दनुवार, मोरङिया आदि जातिहरुको आ–आफ्नै भाषा, संस्कृति, धर्म, जीवनशैली र ज्ञान–सीप छन् । यी समावेशी संस्कृतिको यो रंगीन बगैंचाले नेपाली समाजमा सहिष्णुता, सहअस्तित्व र आपसी सम्मान झल्काउछ । हिमाली, पहाडी र तराई क्षेत्रका आदिवासी जनजातिका मौलिक लोक गीत, पहिरन र सांस्कृतिक परम्पराहरू नेपालको सांस्कृतिक विविधताको मेरुदण्ड हो । यी विभिन्न जातजातिहरूको आ– आफ्नो मौलिक जीवनशैली र सांस्कृतिक सम्पदाबाट नेपाललाई विश्वसामु बिल्कुल बेग्लै र बहुरंगी राष्ट्रका रूपमा चिनाएको छ । नेपालको संविधानले पनि “बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक“ विशेषतालाई आत्मसात गर्दै सबै नागरिकलाई समान अधिकार र अवसर प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । समावेशीतालाई संस्थागत बनाउन राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा विविध समुदायको समान सहभागिता सुनिश्चित गरिएको छ । वास्तवमा नेपालको सांस्कृतिक विविधता नै देशको साँचो सम्पत्ति हो, यहाँ विभिन्न फूलहरू आ–आफ्नै सुगन्ध र रङ्गमा फुलेका छन् । अब यी विविध फूलहरूलाई संरक्षण, प्रवद्र्धन र समावेश गर्दै अघि बढ्नु पर्छ । जसले सदियौंदेखि नेपालीपनलाई जगेर्ना गर्दै आएको छ ।