--माधब राज खरेल
नेपाली चलचित्र क्षेत्र डिजिटल युगमा प्रबेश गरेको डेढ दशकको समय भयो । त्यस अघिका समय नेपाली चलचित्रहरु पूर्णरुपमा पारम्पारिक प्रविधिबाट बन्ने गर्दथ्यो । तर डिजिटल प्रविधिको आगमनले नेपाली चलचित्रहरुको लागी सम्भावनाको नयाँ ढोका खोलेको छ , कथा वाचनको शैलीमा नवीनता ल्याएको छ । यसले सर्जकको सृजनशिलतालाई परिमार्जित, परिस्कृत गर्दै थप उचाईमा पु¥याउन मद्दत गरेको छ । चलचित्रका लेखक, निर्देशक तथा प्रविधिसँग जोडिएका प्राविधिकहरुलाई आफ्नो उदेश्य प्राप्तीका लागी डिजिटल प्रविधिले थप उत्साह, कल्पशिल र सृजनशील बनाएको पाईन्छ । तर, प्रत्येक सिक्काको दुई पाटा हुन्छन् । डिजिटल प्रविधिले नेपाली चलचित्रलाई उचाइमा त पु¥याइरहेको छ, तर यसले केही भित्री चुनौती पनि जन्माएको छ ।
डिजिटल प्रविधिका कारणले चलचित्रको निर्माणका लागि निर्माण लागत घट्यो जसले गर्दा पहिलेको जस्तो महँगो र दुर्लभ उपकरणको आवश्यकता नपरी डिजिटल क्यामेरा र सफ्टवेयर प्रयोग गरेर पनि कम बजेटमा उत्कृष्ट फिल्म बनाउन सकिन्छ भन्ने कुरालाई पुष्टि गरेको छ । त्यसैगरी डिजिटल प्रविधिका कारणले गर्दा गुणस्तरीय छायाँकन र सम्पादनको कार्यलाई अझै परिपार्जित र सहज भएको छ । हाल प्रयोगमा आएका डिजिटल क्यामेराले उच्च रिजोल्युसनमा भिडियो छायाँकन गर्न सक्ने भएकाले चलचित्रको दृश्यगत गुणस्तर निकै उत्कृष्ट बन्ने गरेको छ । ती दृश्यांकन गरिएका फुटेजहरुलाई अहिलेका एडभान्स एडिटिङ सफ्टवेयरहरूले अझै सहज र रचनात्मक सम्पादन गरेर विश्व वजारमा चलचित्रको प्रदर्शनलाई सहज बनाएको पाईन्छ ।
वास्तवमै पहिले पहिले विभिन्न च्यानलहरुवाट चलचित्र प्रदर्शन गर्दा पनि नेपाल भर चलचित्र प्रदर्शन हुन सामान्यतया एक देखी दुई वर्ष लाग्ने गर्दथ्यो तर आज हामी एक साथ चलचित्र भवनहरुमा वैश्विक स्तरमा प्रदर्शन गर्न सक्दछौं । यो सवै आजको प्रविधिको प्रयोगले सम्भव भएको हो । आज डिजिटल फारम्याटमा बनेका चलचित्रहरु विभिन्न अनलाइन प्लेटफर्महरु युट्युब, नेटफ्लिक्स, र अमेजन प्राइम जस्ता प्लेटफमबाट सजिलै विश्वभर प्रदर्शन गर्न सकिन्छ, जसले अन्तर्राष्ट्रिय दर्शकहरुसम्म नेपाली चलचित्र पुर्याउन संभव भएको छ ।
पहिले पहिले पेन्टरहरुले फिल्मका प्रचार प्रसारका सामाग्रीहरु बनाउँथे, सामान्य पर्चाहरु बजारमा टाँसिने गर्दथ्यो । तर त्यो क्रम विस्तारै परिमार्जित हुँदै पोष्टर, पम्पलेट, रेडियो टेलिभिजन, माईकिङ लगाएताका प्रविधिहरुको प्रयोग मार्फत विज्ञापन तथा प्रचार प्रसार गर्ने गरिन्थ्यो । तर पछिल्लो समय चलचित्रकर्मी, मिडियाकर्मी र मार्केटिङ्गको क्षेत्रमा क्रियाशिल मानिसहरुले हाल प्रयोगमा आएका डिजिटल प्रविधिलाई प्रयोगरी एक साथ विश्व बजारमा आफ्ना चलचित्रहरुको प्रचार प्रसार गरि रहेका छन् । विशेष गरी पछिल्लो समय चलचित्रकर्मीहरुले मार्केटिङ टुल्सका रुपमा विभिन्न सोशल मिडिया, वेबसाइट, ट्रेलर, पोस्टर लाई लिने गरेका छन् । सोसल मिडिया क्याम्पेन, भाइरल ट्रेलर, डिजिटल पोस्टर र प्रमोशनल भिडियोहरूले चलचित्रको प्रचार रणनीति नै बदलिदिएको छ । यो माध्यम तुलानात्मक रुपमा प्रचार प्रसारका लागी सस्तो र प्रभावकारी हुने गरेको पाईन्छ ।
डिजिटल प्रविधिको प्रयोगले सिमित मान्छेहरुको दबदबालाई कम गरेको छ, यसले नेपाली चलचित्र क्षेत्रमा नयाँ तथा सिर्जनात्मक सोच भएका मानिसहरुको आगमन भएको छ । डिजिटल प्रविधिले स्मार्टफोन र कम्प्युटरमार्फत फिल्म बनाउनेहरुका लागी सजिलो भएको छ । यसले नयाँ निर्देशक, प्राविधिक र कलाकारहरूलाई स्वतन्त्र रूपमा सिर्जनात्मकता अभिव्यक्त गर्ने अवसर दिएकोछ । छोटो चलचित्र प्रतियोगिता, वेब सिरिजको विकासले नेपाली चलचित्रको संस्कृतिलाई समेत जीवन्त बनाइरहेको छ । यसले नेपाली चलचित्रको विकासमा निक्कै योगदान पनि पुर्याई रहेको छ । विशेष गरी बर्तमानमा प्रयोग भैरहेको प्रविधिका कारणले पनि नेपाली चलचित्र क्षेत्रले विस्तारै आफ्नो ग्राफ्सलाई अघि बढाउँदे लगेको छ । पछिल्लो समय प्रयोगमा आउने गरेका भिज्युअल इफेक्ट्स, एनीमेसन, ड्रोन सट जस्ता प्रविधिको प्रयोगले नेपाली चलचित्र तथा दृश्य निर्माणमा नयाँपन ल्याएको छ । यस्ता प्रविधिमा बनेका चलचित्रहरुले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्रका महोत्सवहरुमा समेत सहभागिता जनाउने क्रम पनि बढेको छ । विशेषतः त्यस्ता डिजिटल फम्र्याटमा बनेका चलचित्रहरु सजिलै महोत्सवहरुमा चलचित्र पठाउन सकिने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा नेपाली चलचित्रको सहभागीता र पहिचान बढेको छ । यसले नेपाली चलचित्रलाई बर्लिन, टोरन्टो, कान्स जस्ता विश्वस्तरका चलचित्र महोत्सवहरुमा सहभागितको ढोका खुलेको छ भने त्यस्ता महोत्सवहरुले हाम्रा चलचित्रकर्मीहरुलाई हौसला तथा सम्मान समेत दिलाएको छ ।
पछिल्लो समय स्क्रिप्ट लेखनदेखि पोस्ट–प्रोडक्सनसम्म प्रयोग हुने सफ्टवेयरहरू सस्तो र उपलब्ध भएका छन्, जसले नयाँ प्रतिभालाई फिल्म क्षेत्रमा प्रवेश गर्न सहज बनाएको छ । यसरी कथा, पटकथा र संवाद लेखनमा डिजिटल प्रविधिको प्रयोग हुँदा नयाँ देखी पुराना पुस्ताका चलचित्रकर्मीहरुलाई समेत प्रविधिमैत्री बनाएको पाईन्छ । चुनौतीका खाडलहरूः डिजिटल प्रविधिको लुकेको खतरा जसरी डिजिटलको पहुँचले चलचित्र निर्माण सजिलो बनेको छ, त्यसकै परिणामस्वरूप बजारमा गुणस्तरहीन र अधुरो तयारीका फिल्महरूको बाढी आएको पाईन्छ । यसले गुणस्तरभन्दा संख्यामा वृद्धि भएको पाईन्छ । केवल क्यामेरा समातेर फिल्म बनाउने भीडले सिनेमाको गम्भीरता समेत घटाएको महसुस स्वयम् चलचित्रकर्मीहरुले समेत गर्ने गरेको पाईन्छ । विशेष गरी नवप्रवेशी तथा सिकारु मानिसहरुले विदेशी चलचित्र र सिरिजहरूबाट अत्यधिक प्रभावित हुँदा नेपाली कथावस्तु र सांस्कृतिक मौलिकता माँसिदै गएको पाईन्छ । अन्ततः चलचित्रबाट ‘नेपालीपन’ पनि हराउने जोखिम बढ्दो छ ।
त्यसैगरी छिट्टै चर्चित हुनको लागी युट्युब भ्यूज, भाइरल प्रचार, र टिकटक ट्रेन्डकै पछाडि दौडिँदा चलचित्रमा कला र कथाको मर्म घटिरहेको छ । यसको ज्वलन्त उदाहरण अहिले बजारमा आएका केही चलचित्रहरुलाई लिन सकिन्छ । धेरै फिल्महरू ’एक हप्ता चम्कने’ तर दीर्घकालीन प्रभाव नपार्ने किसिमका बन्दै गएका पनि छन् । साथै डिजिटल प्रविधिको विश्वासमा पर्दा चलचित्रहरुको डिजिटल फाइल चोरी भएर अनलाइनमा अवैध रूपमा चलचित्रहरु रिलिज हुँदा निर्माताले गम्भीर रुपमा घाटा समेत भोग्नुपरेको यर्थात हामीले देखे सुनेका छौं ।
हामीले सस्तो डिजिटल उपकरणले चलचित्र बनाउन जति सहज र सजिलो बनाएको भए पनि, उत्कृष्ट सिनेम्याटिक परिणाम ल्याउन अझै पनि महँगो प्रविधि र विषयमा विज्ञता भएका मानिसहरुको आवश्यक चलचित्र क्षेत्रमा टड्कारो देखिन्छ । यदि हामीले डिजिटल प्रविधिलाई केवल सजिलो पैसा कमाउने साधन मानेर हतार हतार चलचित्र बनाउन थाल्यौं भने, अन्ततः नेपाली चलचित्रले आफ्नो अस्तित्व समेत गुमाउने डर पाका चलचित्रकर्मीहरुमा देख्न सकिन्छ । यदि हामीले हाम्रो श्रृजनशीलता, मौलिकता, अध्ययन र अनुशासनको सहारामा डिजिटल प्रविधिलाई साथी जसरी प्रयोग गर्न सक्यौं भने हामीले नेपाली चलचित्रलाई विश्वको प्रतिस्पर्धी बजारमा लैजान सक्नेछौं ।
अन्त्यमाः हामी चलचित्रकर्मीहरु प्रविधि मैत्री भएर आफ्ना मौलिकता लाई पनि जोगाउँदै नेपाली माटो सुहाँउदो चलचित्रहरु बनाउन सक्छौ । हाम्रा चलचित्रहरुलाई विश्व बजारमा लगेर बेच्न पनि सक्छौ र पैशा कमाउन सक्छौ । डिजिटल प्रविधि हाम्रा लागी बदान हुन्, अभिसाप होईन, मात्र चलाउन जान्नु पर्यो ।